ब्रह्माण्डको अन्त्य
NRs 539
अक्षर सिम्फोनी । Akshyar Symphony
Akshyar Symphonyविमल वैद्य सुकोमल शब्दावलीमा शालीन विद्रोहको भावना भर्न सक्ने विरल काव्यशिल्पी हुन् । आफु बाँचिरहेको समाजमा भइरहेका विविध घटना परिघटनाबाट उद्वेलित हुँदै उनी गहिरो आत्ममन्धनमा पुग्छन् र त्यसको अतल गर्भबाट सुन्दर कविताको जन्म हुन्छ ।
विमल वैद्य सुकोमल शब्दावलीमा शालीन विद्रोहको भावना भर्न सक्ने विरल काव्यशिल्पी हुन् । आफु बाँचिरहेको समाजमा भइरहेका विविध घटना परिघटनाबाट उद्वेलित हुँदै उनी गहिरो आत्ममन्धनमा पुग्छन् र त्यसको अतल गर्भबाट सुन्दर कविताको जन्म हुन्छ ।
विमल वैद्यको पछिल्लो कविता "सांझ शब्दचित्र" ले उनी जीवनको अँध्यारो पाटोलाई समेत कतिसम्म उज्यालो देखाउन सक्छन् भन्ने दृष्टान्त प्रस्तुत गर्दछ । यसमा उनले साँझको समयलाई असीम सौन्दर्यमय क्षणमा बदलिदिएका छन् । कवितामा क्या वात् ! भन्नुपर्ने यहींनेर हुनुपर्छ, विमलको कवित्वको विशेषता यहीं प्रकट हुन्छ ।
श्यामल
कवितालाई क्युरियोजस्तो प्रेम गर्ने कवि विमल वैद्य पागल लाग्छ, कवितामा । प्रियतमको प्रेमिल साधजस्तो मिथक, आफन्तजस्तो बिम्ब र नौलो भूमिमा पुग्दाको उत्साहजस्तो प्रतीक हुँदै रोमाञ्चक यात्राको मृदुल सम्झनाजस्ता विमलका कविताहरूमा म पनि पागल छु । र-त नाम छोपिए पनि म उनको कविता चिन्न सक्छु । यहींनेर उनको कवित्व सामर्थ्य स्वतः साबित भएझै लाग्छ ।
कवितामा अनुरक्त कवि विमलको सग्लो अहम् कविताभरि मिहीन मानव संवेदनामा बाँच्दछ, तर संवेदनको रफ्तारमा कताकति शीत झरेसँगै सौन्दर्य भरेजसरी जिन्दगीको अहम् भाँचिए पनि उनको कविताको अहम् भने कतै नभाँचिएर नै विमलका कविताहरू बिल्कुल सग्लोमा उत्सवमय लाग्दछन् र हृदयमा पिरामिडजस्तो समाधिस्थ बनिदिन्छन् । -मोमिला
- Title
- अक्षर सिम्फोनी । Akshyar Symphony | Akshyar Symphony
- Author
- विमल बैद्य
- ISBN
- 9789937712194
- Language
- Nepali
- Published
- 2018
- Publication
- Manjari Prakashan
- Pages
- 108
- Category
- कविता/गीत/गजल