Delivery across Nepal · नेपालभर डेलिभरी
दुःखदेखि दुःखसम्म

दुःखदेखि दुःखसम्म

Dukhadekhi Dukhasamma
Written by Janak Raj Sapkota
Publisher Himal Kitab
Year 2018
Pages 114

यस पुस्तकमा लेखकले वि.सं. १९९३ मा प्रकाशित रूपनारायण सिंहको भ्रमरदेखि २०७३ सालमा प्रकाशित मीनराज वसन्तको मुदिरसम्मको ८० वर्षको अवधिमा प्रकाशित २० वटा प्रतिनिधि उपन्यासको मिहिन अध्ययन गरेका छन् र उपन्यासले समेटेको त्योभन्दा लामो समय-फलकको चित्र उतारेका छन् । उपन्यासका पाठका आधारमा उनले बसाइँसराइको इतिहास, कारण र परिणाम साथै बसाइँ हिँड्नेको घर र देश छाड्दाको छटपटी, कष्ट र विपत्का बीचमा बल्झिरहने स्मृति प्रस्तुत गरेका छन् ।

NRs 260 Out of stock
1
Inside Kathmandu Valley: 1 days Outside valley: 3 days
Share

यस पुस्तकमा लेखकले वि.सं. १९९३ मा प्रकाशित रूपनारायण सिंहको भ्रमरदेखि २०७३ सालमा प्रकाशित मीनराज वसन्तको मुदिरसम्मको ८० वर्षको अवधिमा प्रकाशित २० वटा प्रतिनिधि उपन्यासको मिहिन अध्ययन गरेका छन् र उपन्यासले समेटेको त्योभन्दा लामो समय-फलकको चित्र उतारेका छन् । उपन्यासका पाठका आधारमा उनले बसाइँसराइको इतिहास, कारण र परिणाम साथै बसाइँ हिँड्नेको घर र देश छाड्दाको छटपटी, कष्ट र विपत्का बीचमा बल्झिरहने स्मृति प्रस्तुत गरेका छन् ।

लेखकले आख्यान अध्ययनमा आधारित विवरण र विश्लेषणद्वारा फरक फरक समयमा नेपाली समाजमा बसाइँसराइ कसरी चलेको थियो प्रस्टाएका छन् । बसाइँ हिँड्नुका पछाडि के कस्ता कारणहरू थिए र पात्रहरूले त्यसलाई कसरी अभिव्यक्त गरेका छन् भन्ने पुस्तकले खुलस्त पार्नेछ । फरक फरक ठाउँका पात्रहरूको बसाइँ सर्दाको अनुभूति, त्यस समयमाथि पात्रहरूका चेतनात्मक अभिव्यक्ति, टिप्पणी वा संवाद, बसाइँसराइका क्रममा मानिसले उठाएका जोखिम, नयाँ ठाउँ र परिवेशमा उनीहरूले गरेको संघर्ष, त्यस क्रममा स्मृतिदशले सताइएका पात्रहरूको अतीतमुखी स्मृति र बसाइँसराइले उनीहरूको जीवनमा ल्याएका परिवर्तनलाई समेत समेटिएकाले गर्दा यो पुस्तक नेपाली बसाइँसराइ गर्नेहरूको अद्योपान्त वृत्तान्त बन्न पुगेको छ ।

सुरेश ढकाल पुस्तकको भूमिकाबाट

Title
दुःखदेखि दुःखसम्म | Dukhadekhi Dukhasamma
Author
Janak Raj Sapkota
ISBN
9789937597494
Language
Nepali
Published
2018
Publication
Himal Kitab
Pages
114