गौना / Gauna
NRs 550
गुलारको फूल / Gularako Fool
Gularako Foolप्रस्तुत उपन्यासको शीर्षक गुलरको फूल मुख्यत छिमेकको हिन्दीभाषी क्षेत्रमा र नेपालको तराई भागमा प्रचलित एउटा उखान हो । यसले 'अप्राप्य' लाई बुझाउँछ किंवदन्ति के छ भने गुलरको फल त लाग्छ, तर फूल लागेको देखिँदैन । त्यसैले गुलरलाई फूल नलागी फल्ने फल पनि भनिन्छ । यसै आधारमा गुलरको फूल अप्राप्य, असम्भवको पर्याय बनेको छ।
प्रस्तुत उपन्यासको शीर्षक गुलरको फूल मुख्यत छिमेकको हिन्दीभाषी क्षेत्रमा र नेपालको तराई भागमा प्रचलित एउटा उखान हो । यसले 'अप्राप्य' लाई बुझाउँछ किंवदन्ति के छ भने गुलरको फल त लाग्छ, तर फूल लागेको देखिँदैन । त्यसैले गुलरलाई फूल नलागी फल्ने फल पनि भनिन्छ । यसै आधारमा गुलरको फूल अप्राप्य, असम्भवको पर्याय बनेको छ।
प्रा मोहनराज शर्मा
गुलरको फूलले अत्यन्तै गहिरो प्रतीकात्मक अर्थ बोकेको छ यहाँ पनि । कलौतिया गुलरको बोटतिर हेर्छ, कहिले त्यो पुष्पित होला भनेर । वास्तवमा उसको उमेर सबै व्यतीत भइसक्यो र उताबाट पनि ऊ गौना गर्न आएको छैन, शायद अब कदापि आउँदैन होला । फेरि पनि कदाचित गुलरको बोटमा फूल देखिन्छ कि । यस्तो प्रकारले एक सम्भव कल्पनाको, आशाको प्रतीक्षाको शिल्पले बुनिएकोछ यो उपन्यास। आशाको प्रतीक्षामा सारा यौवन गुजार्दै आफ्नो भाग्य क्षतिग्रस्त पार्नु कति भयानक कुरा हो । यस उपन्यासमा त्यही कुराको वर्णन पाइन्छ ।
डा. गोविन्दराज भट्टराई
मुख्य रूपमा रुदलको परिवारको लागि नेपाली नागरिकता र कलौतियाको सुखद दाम्पत्य गौनाको पर्खाइमा गुलरको फूल साबित भएको छ । शरणार्थी र विदेशीका लागि समेत सहज भएको नेपाली नागरिकता संसारका श्रमिकहरूको एकताका नारा लाउनेको सत्ता स्थापना भए पनि सुलभ हुन नसकेको यथार्थतिर पाठकलाई यस उपन्यासले सोच्न बाध्य बनाउने छ भन्ने मेरो विश्वास छ । -डा. गोपाल ठाकुर
- Title
- गुलारको फूल / Gularako Fool | Gularako Fool
- Author
- Madhav Pyakurel
- ISBN
- 9789937965811
- Language
- Nepali
- Published
- 2024
- Publication
- Oriental Publication
- Pages
- 293
- Category
- उपन्यास