Delivery across Nepal · नेपालभर डेलिभरी
पर्वत पर्वतमा बटुवा घाम/parbat-parbatma-batuwa-gham
कविता/गीत/गजल

Parbat Parbatma Batuwa Gham
Written by Ramesh Dixit
Publisher Book Hill
Year 2023
Pages 129

कोमल भाव, गहन संवेदना, परिष्कृत विम्ब, दृश्यात्मक प्रतीक, सरल-सौम्य सामाजिक कथ्यप्रति पद्धतिबद्ध बनेर रचनाशीलतालाई अगाडि बढाइरहेका प्रखर कवि हुन् - रमेश क्षितिज | <p>सामान्य र साधारणजस्ता लाग्ने कथ्यबाट असाधारण निष्कर्षसम्म पुऱ्याउने कलामा खप्पिस क्षितिजका प्रायः कवितामा अनुभूतिका सहस्र स्वरहरू, स्वरूपहरू, संवेगहरू उद्भाषित हुँदै गइरहेझैं लाग्छन्, शब्द शब्दबाट । कविता लेखनका प्रचलित धारहरूबीचबाटै आफ्नो सम्प्रेषण पद्धतिको सुकोमल मार्ग पहिल्याउन सक्नु उनको निजी वैशिष्ट्य हो । उनका कवितामा नेपाली पहाड, खोला, वन जङ्गल, गाउँ-गोरेटा, उकाली-ओराली, बेंसी- देउरालीहरू अनि नेपाली जनजीवनले जीवन्त बनेर आफ्नो भूमिका निर्वाह गर्छन्- कुनै आख्यानका चरित्रहरूले झैं । पूर्वीय दर्शनका गहन भाष्यहरू अत्यन्त सरलीकृत बनेर उनका कविताका पद-पदावली र हरफहरूमा हिंडिरहेका भेटिन्छन् भने कतै फेरि सुफी सन्तहरूका धीर प्रशान्त, कल्याणकाम्य वाणीका अन्तरङ्ग अनुनाद पनि उनका कवितामा सुन्न सकिन्छ । अतीत-जीविता, उदात्तता, शालीनता, सद्भाव, सह-अस्तित्व र सौन्दर्यका अनन्य आराधनाको कुञ्ज हो - पर्वत पर्वतमा बटुवा घाम । -अविनाश श्रेष्ठ

NRs 455 Out of stock
1
Inside Kathmandu Valley: 1 days Outside valley: 3 days
Share

Title
पर्वत पर्वतमा बटुवा घाम/parbat-parbatma-batuwa-gham | Parbat Parbatma Batuwa Gham
Author
Ramesh Dixit
ISBN
9789937753340
Language
Nepali
Published
2023
Publication
Book Hill
Pages
129
Category
कविता/गीत/गजल