म किन हिन्दू / Ma kina hindu
NRs 860
सियोधागो/Siyo Dhago
Siyo Dhagoदक्षिण एसियाका करिब २६ करोड दलितले सदियौंदेखि भोग्दै आएको जातीय विभेद र त्यसविरुद्धको अदम्य सङ्घर्षलाई प्रदिप परियारले आफ्नै अनुभवसँग गाँसेर सियोधागोमार्फत एउटा सामूहिक कथा बुनेका छन् । उनका भोगाइ र स्मृति निजी जस्ता देखिए पनि ती वास्तवमा एउटै साझा धागोका रुई हुन्, जसले इतिहास, पीडा र प्रतिरोधलाई जोड्छन् ।
दक्षिण एसियाका करिब २६ करोड दलितले सदियौंदेखि भोग्दै आएको जातीय विभेद र त्यसविरुद्धको अदम्य सङ्घर्षलाई प्रदिप परियारले आफ्नै अनुभवसँग गाँसेर सियोधागोमार्फत एउटा सामूहिक कथा बुनेका छन् । उनका भोगाइ र स्मृति निजी जस्ता देखिए पनि ती वास्तवमा एउटै साझा धागोका रुई हुन्, जसले इतिहास, पीडा र प्रतिरोधलाई जोड्छन् ।
यो कृति सीमान्तकृत जीवनका अनकहा सत्यहरूको दस्तावेज हो । आँसु, अन्याय र अपमानबीचबाट उठेको आशा र विद्रोहको स्वर हो । नेपालका दुर्गम गाउँदेखि विश्व मञ्चसम्मको यात्रामा लेखकले देखेका र भोगेका यथार्थ - युवाका जीवन्त अनुभूति, रुकुम सोती नरसंहार, बलात्कृत र हत्या गरिएका छोरीहरूको वेदना, हिरासतमा छोरा गुमाएका आमाहरूको अन्त्यहीन सङ्घर्ष- सबै यहाँ शब्द बनेर उभिएका छन् ।
यो पुस्तक केवल पीडाको कथा होइन, चेतनाको आगो हो । अन्यायविरुद्धको उद्घोष हो । र हो, परिवर्तनको आह्वान ।
- Title
- सियोधागो/Siyo Dhago | Siyo Dhago
- Author
- Pradip Pariyar
- ISBN
- 9789905602045
- Language
- Nepali
- Published
- 2026
- Publication
- Fineprint Books
- Category
- प्राज्ञिक तथा सन्दर्भ पुस्तक