Delivery across Nepal · नेपालभर डेलिभरी
उरमाल ।  Urmaal पुरस्कृत कृतिहरू
पुरस्कृत कृति · Award winning उपन्यास Audiobook available

उरमाल । Urmaal

Urmaal
Written by Chuden Kabimo
Publisher Fineprint Books
Year 2025

उरमाल झर्रा आदिवासी–कथा हो । चियाको बोटसँग माया साटेर पुस्तौंदेखि धरमराइरहन विवश श्रमिकहरुको उच्छ्वासको कथा हो । खासमा यो ती कमानेहरुको सुस्केराको कथा हो, जसका सङ्घर्ष त हजार छन् । तर जिन्दगीमा चैन थोरै पनि छैन । सपना त लाखौं छन् । तर सुख अलिकति पनि छैन । उरमालभित्र थुप्रै पात्र छन् । र छन्, तिनका आआफ्ना कथा र व्यथा, जसलाई उपन्यासमा यसरी उनिएको छ, जसरी मालामा फूलका थुङ्गा उनिन्छ । यी पात्रका कथाभित्र पनि अनेक कथा छन्, जो आफैंमा पूर्ण छन् । यीमध्ये केही कथा दशकअघिका छन् । केही ब्रिटिसकालीन समयका छन् । केही लोककथाबाट सापटी लिइएका छन् । यी कथामार्फत लेखकले चिया कमान र त्यहाँ हुने शोषणको अलिखित इतिहास भनेका छन् । कथा कोलाज झैं लाग्ने यो महङ्खवाकाङ्क्षी उपन्यास हो । यसको गहिराइ, विस्तार, शिल्प र काव्यिक लयले तपाईंलाई चकित पार्नेछ ।

NRs 698 Out of stock
1
Inside Kathmandu Valley: 1 days Outside valley: 3 days
Share

उरमाल झर्रा आदिवासी–कथा हो । चियाको बोटसँग माया साटेर पुस्तौंदेखि धरमराइरहन विवश श्रमिकहरुको उच्छ्वासको कथा हो । खासमा यो ती कमानेहरुको सुस्केराको कथा हो, जसका सङ्घर्ष त हजार छन् । तर जिन्दगीमा चैन थोरै पनि छैन । सपना त लाखौं छन् । तर सुख अलिकति पनि छैन । उरमालभित्र थुप्रै पात्र छन् । र छन्, तिनका आआफ्ना कथा र व्यथा, जसलाई उपन्यासमा यसरी उनिएको छ, जसरी मालामा फूलका थुङ्गा उनिन्छ । यी पात्रका कथाभित्र पनि अनेक कथा छन्, जो आफैंमा पूर्ण छन् । यीमध्ये केही कथा दशकअघिका छन् । केही ब्रिटिसकालीन समयका छन् । केही लोककथाबाट सापटी लिइएका छन् । यी कथामार्फत लेखकले चिया कमान र त्यहाँ हुने शोषणको अलिखित इतिहास भनेका छन् । कथा कोलाज झैं लाग्ने यो महङ्खवाकाङ्क्षी उपन्यास हो । यसको गहिराइ, विस्तार, शिल्प र काव्यिक लयले तपाईंलाई चकित पार्नेछ ।

Title
उरमाल । Urmaal | Urmaal
Author
Chuden Kabimo
ISBN
9789937790390
Language
Nepali
Published
2025
Publication
Fineprint Books
Category
उपन्यास, पुरस्कृत कृतिहरू(Award Winning)

Full audiobook

Narrated audio of the full novel, courtesy of Sahitya Sambeg. Listen here, then add the print edition to your shelf.