Delivery across Nepal · नेपालभर डेलिभरी

Dr. Madan Kumar Bhattarai

भट्टराईका बारेमा : सन् १९७७ मा परराष्ट्र मन्त्रालयको शाखा अधिकृतका रुपमा प्रवेश गर्नुभएका डा. मदनकुमार भट्टराईले नेपालको कुटनीतिक सेवामा झण्डै चार दशक बिताउनु भएको छ। काठमाडौं, कोटेश्वरमा डिसेम्बर १, १९५४ मा जन्मिनुभएका भट्टराई सन् २००९–११ को अवधिमा नेपालका परराष्ट्र सचिव हुनुहुन्थ्यो । उहाँले दुई वर्ष (२०१६–१८) राष्ट्रपति विद्यादेवी भण्डारीका परराष्ट्र मामिला एवम् कूटनीतिसम्बन्धी सल्लाहकारको भूमिका समेत निर्वाह गर्नुभएको थियो । यसका अलावा उहाँले जर्मनी र जापानमा राजदूत, नयाँ दिल्ली र ढाकास्थित नेपाली राजदूतावासमा उपनियोग प्रमुख एवम् नयाँ दिल्लीमा प्रथम सचिव र कोलकातामा वाणिज्यदूतको जिम्मेवारी समेत सम्हालिसक्नु भएको छ। कूटनीतिअघि अध्यापन र पत्रकारितामा संलग्न भट्टराई दी राइजिङ नेपालमा तीन वर्ष (१९७५–७८) उपसम्पादक हुनुहुन्थ्यो। उहाँले भारतको कोलकातास्थित जादवपुर विश्वविद्यालयबाट नेपाल–भारत सम्बन्ध (१९२९–५१) का विषयमा विद्यावारिधि गर्नुभएको छ ।

Showing 1–1 of 1 books