Delivery across Nepal · नेपालभर डेलिभरी
अज्ञात । Agyat
उपन्यास

अज्ञात । Agyat

Agyat
Written by Keshav Raj Gyawali
Publisher Fineprint Books
Year 2026

गोर्खा राज्यको विस्तार अनगिन्ती मानिसको पसिना र बलिदानबाट भएको थियो। अज्ञात तिनै मानिसहरूको कथा हो। जसलाई राज्यले कहिल्यै पहिचान दिएन जो इतिहासमा गुमनाम रहिरहे। यस कथाको केन्द्रमा कमारो बस्न बाध्य पारिएको मान्या छ, आफ्ना बाबु बारे थाहा पाएपछि ऊ तिनको खोजीमा घरबाट भाग्छ। सैनिक सेवाबापत पाउनुपर्ने रकम सम्बन्धी विवादमा काजीको मृत्यु हुन पुगेपछि उसका तिलंगा बाबु लामो समयसम्म हरिद्वारमा लुकेर बसेका हुन्छन्, जहाँ उसको भेट मान्यसँग हुन्छ। बाबुबाट आमाबारे थाहा पाएपछि मान्या सुराग पछ्याउँदै उनको खोजीमा एक ठाउँबाट अर्को ठाउँमा जान्छ। मृत्यु, लुटपाट, विस्थापित गाउँ, युद्धरत राज्यको आदेश मान्न अभिशक्त मानिसका पीडाको साक्षी बन्दै । अन्ततः उ नालापानी किल्ला आइपुग्छ जहाँ अंग्रेजहरूको आक्रमण रोक्न बलभद्र कुँवर सेनाको सानो टुकडी लिई बसेका हुन्छन् । अनि युद्धलाई प्रश्न गर्दै हिँडेको ऊ युद्धमा होमिना पुग्छ। उसले हानेको गोलीले जनरल जिलेस्पी मर्छ र अंग्रेजी फौज पछि हट्छ। तर के उसको खोजी सफल हुन्छ के उसले सम्झिरहने वनदेवीसँग उसको भेट हुन्छ ? युद्धबीच अंकुराएको प्रेम र युद्धको व्यर्थतालाई सूक्ष्म तरिकाले देखाइएको यो युद्धका साधन बनाइएका मानिसका दृष्टिकोणबाट लेखिएको सशक्त उपन्यास हो। जुन शिल्प र वैचारिक इका हिसाबले पनि उत्तिकै अब्बल छ।

NRs 898 Out of stock
1
Inside Kathmandu Valley: 1 days Outside valley: 3 days
Share

Title
अज्ञात । Agyat | Agyat
Author
Keshav Raj Gyawali
ISBN
9789937790994
Language
Nepali
Published
2026
Publication
Fineprint Books
Category
उपन्यास, इतिहास