"ठूलो भए'सी बल्ल बुझ्छस् ।"
वेदले बोल्न सिकेदेखी सुनेको यहीँ हो । अहिले ऊ उन्नाइस वर्षको भयो तर उसले धेरै कुरा बुझेको छैन ।
बा बिनाकारण किन रिसाउनुहुन्छ ?
निरूसाले आँखामा हेर्दा उसको परेला किन छटपटाउँछ ?
मम्मीले मुस्कुराउन किन बिर्सनुभयो ?
धेरै कुरा नबुझे पनि उसले एउटा कुरा राम्ररी बुझेको छ ।
उसको कुनै इच्छा पुरा हुनेवाला छैन ।
आफ्नो इच्छा लुकाउन शिपालु भइसकेको उसको भेट अक्षता नाम गरेकी केटीसँग हुन्छ । सानो सानो कुरामा हाँस्ने अक्षतालाई आफ्नो इच्छा लुकाउन आउँदैन । वेदले नबुझेका प्रश्नहरूको उत्तर अक्षतासँग हुन्छ । त्यसैले ऊ अक्षताको नजिक हुँदै जान्छ ।
तर उसलाई थाहा छैन अक्षता आफैमा एउटा प्रश्न हो ।
- Title
- स्पर्श /Sparsha | Sparsha
- Author
- Aakash Baral
- ISBN
- 9789937948920
- Language
- Nepali
- Published
- 2018
- Publication
- BulBul Publication
- Category
- उपन्यास