Delivery across Nepal · नेपालभर डेलिभरी
यौटा सपनाको अवसान / Euta sapanako Awasan
अनुदित सामग्री

यौटा सपनाको अवसान / Euta sapanako Awasan

Euta Sapanako Awasan
Written by आर्थर मिलर / विप्लव प्रतीक
Publisher Kathalaya Inc.
Year 2023
Pages 144

सन् १९४९ मा पुलित्जर पुरस्कार जितेको 'डेथ अफ अ सेल्सम्यान' (यौटा सपनाको अवसान) लाई आज पर्यन्त क्लासिक नाटकका रूपमा लिईन्छ । अर्थर मिलरले आफ्ना पात्रहरूलाई द्विआयामी रूपमा चित्रण गर्न ईन्कार गरेका छन् । यसो गर्नुमा निहित छ नाटकमा विद्यमान बौद्धिक अपील- त्यो हो पूँजीवादमाथि एकतर्फी विवादात्मक हमलामा आफूलाई संलग्न गराउनबाट ईन्कारी । समीक्षकहरू समेत 'डेथ अफ अ सेल्सम्यान' लाई सामाजिक समीक्षाको श्रेणीमा राख्ने या त्रासदकथा वा साधारण मनोवैज्ञानिक अध्ययनको श्रेणीमा राख्ने भन्ने कुरामा एकमत हुन सकेका छैनन् । त्यसैले आवश्यकतानुसार प्रत्येक व्यक्तिले नाटकबारे निजी धारणा बनाउन सक्नेछन् ।

NRs 400 Out of stock
1
Inside Kathmandu Valley: 1 days Outside valley: 3 days
Share

सन् १९४९ मा पुलित्जर पुरस्कार जितेको 'डेथ अफ अ सेल्सम्यान' (यौटा सपनाको अवसान) लाई आज पर्यन्त क्लासिक नाटकका रूपमा लिईन्छ । अर्थर मिलरले आफ्ना पात्रहरूलाई द्विआयामी रूपमा चित्रण गर्न ईन्कार गरेका छन् । यसो गर्नुमा निहित छ नाटकमा विद्यमान बौद्धिक अपील- त्यो हो पूँजीवादमाथि एकतर्फी विवादात्मक हमलामा आफूलाई संलग्न गराउनबाट ईन्कारी । समीक्षकहरू समेत 'डेथ अफ अ सेल्सम्यान' लाई सामाजिक समीक्षाको श्रेणीमा राख्ने या त्रासदकथा वा साधारण मनोवैज्ञानिक अध्ययनको श्रेणीमा राख्ने भन्ने कुरामा एकमत हुन सकेका छैनन् । त्यसैले आवश्यकतानुसार प्रत्येक व्यक्तिले नाटकबारे निजी धारणा बनाउन सक्नेछन् ।

सेल्सम्यान एउटा मेटाफोर हो । प्रत्येक व्यक्ति सेल्सम्यान हो र प्रत्येक व्यक्ति सपना देख्न खोज्छन् । सपना देखेपछि सपनाको अवसान हुन्छ । र, प्रत्येक सपनाको अवसानपछि अर्को सपनाको उदय पनि हुन्छ । आशाको संसारमा पुग्न निराशाको दुनियाँमा कुशलतापूर्वक सयर गराएका छन् मिलरले पाठकलाई र दर्शकलाई ।

विभिन्न भाषा र मुलुकमा मञ्चन भएको यस नाटकले दुनियाँभरिका दर्शकबाट प्रशंसा पाएको तथ्यलाई हेर्दा किन नभन्नु कि नाटकमा बुनिएका विषय र द्वन्द्व विशिष्ट रूपमा अमेरिकी समाजको कहानी मात्र होईन, विश्व समाजकै गाथा हो ।

Title
यौटा सपनाको अवसान / Euta sapanako Awasan | Euta Sapanako Awasan
Author
आर्थर मिलर / विप्लव प्रतीक
ISBN
9789937737814
Language
Nepali
Published
2023
Publication
Kathalaya Inc.
Pages
144
Category
अनुदित सामग्री