राजा,राष्ट्रियता र राजनीति /Raja rashtriyata ra rajaniti
NRs 300
जेल डायरी / Jail dairy
Jail Dairyम आफूलाई एउटा विद्रोही हुनबाट रोक्न सक्दिनँ । १९५१ पछि मैले मुक्ति सेनामाथिको नियन्त्रण छोड्नुको एउटा कारण यही हो । १९५१ को नोभेम्बरमा मलाई बिनाकारण सरकारबाट अपदस्त गरिँदा मैले त्यसको प्रयोग किन गरिनँ ? मलाई राजनीतिको सैन्यपक्षले किन कहिल्यै आकर्षित गरेन ? मौका हुँदाहुँदै पनि मैले नेपाली सेनाभित्र आफ्नो लागि धरातल बनाउने प्रयास किन गरिनँ ? मैले कुनै गोप्य सङ्गठन किन बनाइनँ ? यी पक्षमा म असफल भएको भए पनि म खुला राजनीतिमा बिलकुल सफल छु जसको प्रमाण निर्वाचनको परिणाम र अन्य कुराहरू हुन् । सायद म यति धेरै प्रजातन्त्रवादी छु कि म क्रान्तिकारी हुनै सक्दिनँ । र, म यति विद्रोही छु, प्रजातन्त्रवादीभन्दा अन्य केही हुन सक्दिनँ । मैले आफूलाई गान्धीभन्दा बढी मार्क्सले प्रभावित पारेको भन्ने गरेको भए तापनि व्यवहारमा म मार्क्सबाट होइन, गान्धीबाट नै प्रभावित छु । कहिलेकाहीँ त लाग्छ, ममित्र एउटा सफल राजनेता हुनै नदिने हदसम्मको दार्शनिक रूचि छ । म आफैँलाई भनिरहको थिएँ कि म सङ्गठनभन्दा व्यक्तिको रूचिप्रति बढी संवेदनशील छु जुन कुरा गलत हो । के मेरो नजरबन्दीले अहिलेसम्म मलाई कुनै पाठ सिकाएको छैन ? म एउटा विद्रोहीबाट अब एउटा क्रान्तिकारीमा परिणत हुन्न ? मलाई लाग्छ, म सक्दिनँ । म मेरो ठाउँ फेर्न सक्दिनँ ।
म आफूलाई एउटा विद्रोही हुनबाट रोक्न सक्दिनँ । १९५१ पछि मैले मुक्ति सेनामाथिको नियन्त्रण छोड्नुको एउटा कारण यही हो । १९५१ को नोभेम्बरमा मलाई बिनाकारण सरकारबाट अपदस्त गरिँदा मैले त्यसको प्रयोग किन गरिनँ ? मलाई राजनीतिको सैन्यपक्षले किन कहिल्यै आकर्षित गरेन ? मौका हुँदाहुँदै पनि मैले नेपाली सेनाभित्र आफ्नो लागि धरातल बनाउने प्रयास किन गरिनँ ? मैले कुनै गोप्य सङ्गठन किन बनाइनँ ? यी पक्षमा म असफल भएको भए पनि म खुला राजनीतिमा बिलकुल सफल छु जसको प्रमाण निर्वाचनको परिणाम र अन्य कुराहरू हुन् । सायद म यति धेरै प्रजातन्त्रवादी छु कि म क्रान्तिकारी हुनै सक्दिनँ । र, म यति विद्रोही छु, प्रजातन्त्रवादीभन्दा अन्य केही हुन सक्दिनँ । मैले आफूलाई गान्धीभन्दा बढी मार्क्सले प्रभावित पारेको भन्ने गरेको भए तापनि व्यवहारमा म मार्क्सबाट होइन, गान्धीबाट नै प्रभावित छु । कहिलेकाहीँ त लाग्छ, ममित्र एउटा सफल राजनेता हुनै नदिने हदसम्मको दार्शनिक रूचि छ । म आफैँलाई भनिरहको थिएँ कि म सङ्गठनभन्दा व्यक्तिको रूचिप्रति बढी संवेदनशील छु जुन कुरा गलत हो । के मेरो नजरबन्दीले अहिलेसम्म मलाई कुनै पाठ सिकाएको छैन ? म एउटा विद्रोहीबाट अब एउटा क्रान्तिकारीमा परिणत हुन्न ? मलाई लाग्छ, म सक्दिनँ । म मेरो ठाउँ फेर्न सक्दिनँ ।
- Title
- जेल डायरी / Jail dairy | Jail Dairy
- Author
- विश्वेश्वर प्रसाद कोइराला
- ISBN
- 9789937751681
- Language
- Nepali
- Published
- 2023
- Publication
- Sikha Books
- Pages
- 421
- Category
- राजनीति/समाज, इतिहास