महसुर ह्वाइटफ्याङ / Mahasur White-Fang
Mahasur White Fangह्वाइटफ्याङ एउटा ब्वाँसाको कथा हो। यो कथा उन्नाइसौँ शताब्दीतिर क्यानडाको उत्तरपूर्वी युकोन क्षेत्रबाट सुरु भएर संयुक्त राज्य अमेरिकाको सनफ्रान्सिस्कोमा समाप्त हुन्छ।
ह्वाइटफ्याङ एउटा ब्वाँसाको कथा हो। यो कथा उन्नाइसौँ शताब्दीतिर क्यानडाको उत्तरपूर्वी युकोन क्षेत्रबाट सुरु भएर संयुक्त राज्य अमेरिकाको सनफ्रान्सिस्कोमा समाप्त हुन्छ।
यस उपन्यासमा एउटा जङ्गली ब्वाँसाको छाउराले जन्मेका दिनदेखि अनेक हन्डर खाँदै प्राकृतिक र मानवीय जीवन व्यवहारबारे सिक्दै गएको कुरा प्रस्तुत छ।
उपन्यासमा प्रारम्भको अज्ञानी, निरीह, र रिसाह स्वाभावको ह्वाइटफ्याङ हुर्कँदै जाँदा संयमी, समझदार, इमान्दार हुन पुगेको वर्णन छ। उसको सिकाइमा जागरुकता, कहिल्यै नगल्ने आत्मविश्वास, गहिरो अवलोकन, स्थिति परीक्षण, निष्कर्ष, निर्णय, र सिकाइको निरन्तरता सम्पूर्ण मानिसका लागि प्रेरणादायी छन्।
यस उपन्यासमा लेखकले सिकाइका धेरै पाटाहरु केलाउने प्रयास गरेका छन्, जसमध्येको प्रमुख पाटो समाज हो। लेखकले जनावर र मानिस दुबैको सिकाइको प्रमुख आधार समाज हो भन्ने कुरालाई जोडदार रुपमा प्रस्तुत गरेका छन्। वी रिडले प्रकाशनमा ल्याएको यस उपन्यास पाठकहरुको लागि पठनीय र कल्पनाशील हुनुका साथै कुनै बिषयलाई हेर्ने पृथक दृष्टिकोण प्रदान गर्नेछ। २८८ पृष्ठको “महसुर ह्वाइटफ्याङ” को मुल्य चार सय पचास रुपैँया रहेको छ।
- Title
- महसुर ह्वाइटफ्याङ / Mahasur White-Fang | Mahasur White Fang
- Author
- ज्याक लण्डन
- ISBN
- 9789937737258
- Language
- Nepali
- Published
- 2021
- Publication
- Kathalaya Inc.
- Pages
- 288
- Category
- उपन्यास, यात्रा वृत्तान्त