Delivery across Nepal · नेपालभर डेलिभरी
प्रमुख पौरस्त्य गणितज्ञ। Pramukh Paurastya Ganitagya
प्राज्ञिक तथा सन्दर्भ पुस्तक

प्रमुख पौरस्त्य गणितज्ञ। Pramukh Paurastya Ganitagya

Pramukh Paurastya Ganitagya
Written by महेश्वर प्रसाद उपाध्याय
Publisher Vidhyarthi Pustak Bhandar
Year 2011
Pages 164

सहप्राध्यापक महेश्वर प्रसाद उपाध्यायको प्रमुख पौरस्त्य गणितज्ञ नामक पुस्तक हाम्रो अगाडि छ । १० अध्यायमा विभक्त यस पुस्तकमा पौरस्त्य गणितज्ञको चर्चा राम्ररी गरिएको छ । विगत २४ वर्षदेखि स्याम्पस तहमा गणितको अध्यापन गर्दै आउनु भएका महेश्वर प्रसाद उपाध्यायले गणित सम्बन्धी निकै अनुसन्धानात्मक निबन्धहरू प्रकाश गरिसक्नु भएको छ । गणित ज्यौतिष सम्बन्धी अनुसन्धान पाश्चात्यहरूबाट मात्र भएका हुन् भन्ने विचार जनमानसमा छ । विक्रमको १८ औं शताब्दीदेखि हाम्रो यतातिर नयाँ-नयाँ अनुसन्धान खास हुन नसकेपनि प्राचीन कालमा हाम्रा पुर्खाहरूले अनुसन्धानको क्षेत्रमा केही ठोस काम गरेका थिए । उदाहरणका रूपमा पृथ्वीको आधार केही छैन भनी पछिल्लो कालमा पाश्चात्यहरूले भनेको कुरा हाम्रो पुर्खाहरूले त्यसभन्दा केही शताब्दी अघि नै सप्रमाण भनिसकेको कुरालाई देखाउन सकिन्छ । यस्तै यस्तै विषयलाई लिएर लेखिएको महेश्वर प्रसाद उपाध्यायको यस पुस्तकले लोकमा रहेको भ्रमलाई चिर्ने काम गरेको छ । यस पुस्तकमा आफूले लेखेका कुरालाई प्रमाणपूर्वक अघि बढाइएको छ । यस्ता पुस्तकको प्रकाशनबाट हाम्रा पुर्खाहरू गणित र ज्यौतिषको क्षेत्रमा कतिसम्म पुगेका थिए र त्यसमा पाश्चात्यहरू कति अगाडि बढे भन्ने कुरा पत्ता लगाउन मद्दत मिल्दछ । निरक्षी र विवेकी विद्वान्हरूले यस पुस्तकको राम्ररी परीक्षण गर्नु हुनेछ र यसमा भएको गुणदोषको राम्ररी विवेचना गर्नु हुनेछ ।

NRs 200 Out of stock
1
Inside Kathmandu Valley: 1 days Outside valley: 3 days
Share

Title
प्रमुख पौरस्त्य गणितज्ञ। Pramukh Paurastya Ganitagya | Pramukh Paurastya Ganitagya
Author
महेश्वर प्रसाद उपाध्याय
ISBN
9789994615674
Language
Nepali
Published
2011
Publication
Vidhyarthi Pustak Bhandar
Pages
164
Category
प्राज्ञिक तथा सन्दर्भ पुस्तक, शिक्षा