Delivery across Nepal · नेपालभर डेलिभरी
रणहार
उपन्यास

रणहार

Ranahar
Written by योगेश राज
Publisher Nepa~laya
Year 2018
Pages 152

अठारौ शत्ताब्दी। सिङ्गो उप-महाद्विपलाई इस्ट इंडिया कम्पनीले निल्न थालेको थियो। हिमालतिर पर्वतीय राज्यका राजा रजौतहरु यहि गडबडीक बेला आ-आफ्नो प्रभुत्व जोगाउने, बढाउने र एक अर्कालाई अठ्याउने ध्याउन्नमा थिए। तिनीहरुको आखा नेपाल खाल्डोका तिन राज्यमा गाडेको थियो। यी राज्यका शासक र नागरिक आफुलाई एउटै मूल हान्गोबाट छुट्टेका ठान्थे। तिनीहरु एकै बोली बोल्थे। तिनीहरु भब्य मन्दिर र प्रासाद बनाउने प्रतिस्पर्धा गर्थे। ति आपसमा लड्थे। तिनीहरुबीच सत्ता, भुमि, ग्रहनक्षत्र र सङ्केत पुँजी हडप्ने अन्त :कलह थियो। फेरि मर्दापर्दा सुखदु:खमा सामेल पनि हुन्थे। अल्तिम मल्ल राज्य भक्तपुरका कुलीन बर्गले गोर्खालिसामु आत्मसमपर्ण गरेपछि भिन्न परिदृश्य देखापर्यो। गोर्खाली सेनाको एउटा डफ्फा दरबारका सरसामग्री थुपार्दै लुटको फेहरिस्त बनाउन व्यस्त भयो। अर्को डफ्फा नगरभित्र प्रतिरोधका स -साना गढ ध्वस्त गर्न लागिपर्यो। भक्तपुरका बूढा राजा रणजित भने बल्ल ब्युँझेजस्ता देखिए। गुमेको राज्य फर्काउन त ढिलो भैसकेको थियो। जीवनको अर्थ पहिल्याउन भने अझै केहि समय थियो। अरुले गरेका पापपुण्यले जन्मपूर्व संरचना बन्यो। बालापनमा वरिपरिबाट स्वर, गान्ध, स्पर्श मनभित्र पसेर संस्कार बस्यो। बैँसको पहिलो प्रहर प्रेम र वासनाको अलमलमा बित्यो। सधैं जीवन-ज्वारले उत्तप्त रहे। तर अन्तत: रणजितले ययातिको बाटो रोजेनन। जयपराजयालाई आफू भएर गुजिन दिए। रण हारे कि जिते।

NRs 325 Out of stock
1
Inside Kathmandu Valley: 1 days Outside valley: 3 days
Share

Title
रणहार | Ranahar
Author
योगेश राज
ISBN
9789937932080
Language
Nepali
Published
2018
Publication
Nepa~laya
Pages
152
Category
उपन्यास