शौर्य वात्सल्य
NRs 600
प्रिय भाइबहिनीहरू सन्चै हुनुहुन्छ ?
आज हामी एउटा उपहार लिएर तपाईंहरूलाई भेट्न आएका छौं । हुन त यो एउटा किताबको कुरा हो । यो किताब एउटा अनौठो केटाको कथा हो । किन अनौठो ? हेर्नुस् है त ।
कोही मान्छे सर्प र बिच्छी जस्ता खतरनाक जीव लिएर खाना खाने टेबलमा जान्छ होला त ? मुसा पाल्ने पनि स्कुल हुन्छ त ? अनि आठवर्षे केटो सडक कालोपत्र गर्ने रोलरको चालक हुनुपर्ने अरे । यति सानो केटोलाई पनि सर्कसमा देखेकी केटी नभेटी नहुने अरे । आमाको जासुसी गर्न दूरबिन पनि चाहिने अरे । यो केटोले यस्तै यस्तै उटुंग्याइँ गर्छ र पो अनौठो भनेको त । हो, यो किताब यही केटोले गरेका अनौठा अनौठा कामहरूको कथा हो ।
आउनुहोस् हामीभन्दा धेरै टाढा रहेको देश रूसका मानिस कस्ता हुँदा रहेछन् ? यो पनि जानिराखौं है ।
- Title
- साहसी केटो / Sahasi Keto | Sahasi Keto
- Author
- Victor Dragunsky / Tanslate:Purna P. Rai
- ISBN
- 9789937148610
- Language
- Nepali
- Published
- 2024
- Publication
- Sunbarshi Book House
- Pages
- 237
- Category
- बाल-साहित्य/किशोर साहित्य, Class 6