Samjhanama Buba | महाकवि देवकोटा
NRs 495
सम्झनामा बुबा महाकवि देवकोटा / Samjhanama Buba Mahakavi Devkota
Samjhanama Buba Mahakavi Devkotaमहाकवि लक्ष्मीप्रसाद देवकोटाबारे उनका छोरा पद्म देवकोटाले लेखेको पुस्तक सम्झनामा बुबा महाकवि देवकोटा एउटा छोराको दृष्टिमा बुबाको सूक्ष्म वीक्षण हो । आफू तोते बोल्ने समयमा पिताजीबाट पाएको लाडप्यारदेखि महाकविका अनेकौं रोचक घटना र किस्सा यसमा समेटिएका छन् । यस पुस्तकमा महाकविका छोराले अनुभव, अध्ययन र सुनेबुझेका आधारमा आफ्ना बुबाप्रतिको दृष्टिकोण राखेका छन् । आफू आठ वर्षको हुँदा नै बुबा गुमाउँदा पनि बालपुत्रमा बुबासँगका थुप्रै अनुभव सँगालिएका छन् । अनेक संस्मरण लेखेका भनेका पनि छन् । सालपिच्छेजसो निस्कने स्मारिका र विशेषाङ्कमा समेत देवकोटाबारे लेख-रचना छापिइरहन्छन् । तर यो पुस्तक ती सबैभन्दा पृथक् छ, जसले हामीले थाहा नपाएका प्रसङ्ग पनि उजागर गरिदिन्छ । यस पुस्तकले पाठकलाई महाकवि देवकोटाका केही नौला पक्षको उद्घाटन त गर्छ नै, उनकी धर्मपत्नी मनदेवीबारे पनि चर्चा गर्छ, जो हामीले सायदै सुनेका छौं; सायदै पढेका छौं । पुस्तकमा महाकविको भौतिक तथा बौद्धिक सम्पदा संरक्षणबारे पनि सत्यतथ्य प्रस्तुत गरिएको छ । दुनियाका महाकवि एउटा छोराको नजरमा कस्ता थिए ? यी सबै जान्न यो पुस्तक महत्त्वपूर्ण छ ।
महाकवि लक्ष्मीप्रसाद देवकोटाबारे उनका छोरा पद्म देवकोटाले लेखेको पुस्तक सम्झनामा बुबा महाकवि देवकोटा एउटा छोराको दृष्टिमा बुबाको सूक्ष्म वीक्षण हो । आफू तोते बोल्ने समयमा पिताजीबाट पाएको लाडप्यारदेखि महाकविका अनेकौं रोचक घटना र किस्सा यसमा समेटिएका छन् । यस पुस्तकमा महाकविका छोराले अनुभव, अध्ययन र सुनेबुझेका आधारमा आफ्ना बुबाप्रतिको दृष्टिकोण राखेका छन् । आफू आठ वर्षको हुँदा नै बुबा गुमाउँदा पनि बालपुत्रमा बुबासँगका थुप्रै अनुभव सँगालिएका छन् । अनेक संस्मरण लेखेका भनेका पनि छन् । सालपिच्छेजसो निस्कने स्मारिका र विशेषाङ्कमा समेत देवकोटाबारे लेख-रचना छापिइरहन्छन् । तर यो पुस्तक ती सबैभन्दा पृथक् छ, जसले हामीले थाहा नपाएका प्रसङ्ग पनि उजागर गरिदिन्छ । यस पुस्तकले पाठकलाई महाकवि देवकोटाका केही नौला पक्षको उद्घाटन त गर्छ नै, उनकी धर्मपत्नी मनदेवीबारे पनि चर्चा गर्छ, जो हामीले सायदै सुनेका छौं; सायदै पढेका छौं । पुस्तकमा महाकविको भौतिक तथा बौद्धिक सम्पदा संरक्षणबारे पनि सत्यतथ्य प्रस्तुत गरिएको छ । दुनियाका महाकवि एउटा छोराको नजरमा कस्ता थिए ? यी सबै जान्न यो पुस्तक महत्त्वपूर्ण छ ।
- Title
- सम्झनामा बुबा महाकवि देवकोटा / Samjhanama Buba Mahakavi Devkota | Samjhanama Buba Mahakavi Devkota
- Author
- Padma Devkota
- ISBN
- 9789937790369
- Language
- Nepali
- Published
- 2024
- Publication
- Fineprint Books
- Pages
- 281
- Category
- संस्मरण/जीवनी/आत्मकथा