Nepal Gantantra bata swatantraनेपाल गणतन्त्रबाट स्वतन्त्र
NRs 1000
२०२८ झापा विद्रोहको अन्तर्कथा / 2028 Jhapa bidroha antarkatha
2028 Jhapa Bidroha Antarkathaझापा विद्रोह । विसं २०२८ देखि २०३२ सम्म झापा जिल्लामा चलेको राजनीतिक आन्दोलनको नाम हो यो, जसले हिंसालाई माध्यम बनाएको थियो । झापा विद्रोह के थियो वा के थिएन ? यसबारे थुप्रै भाष्य छन्, दाबी छन्, कथन र प्रतिकथन छन् । के यो काँचो क्रान्तिकारी रोमाञ्चकता मात्रै थियो ? चिनियाँ सांस्कृतिक क्रान्ति र नक्सलवादी आन्दोलनको ठाडोमा ठाडो नक्कल थियो ? आवेगी युवाहरूको फगत लहड थियो ? यो किताब यी र यस्ता प्रश्नको जबाफ होइन । वास्तवमा यो त पात्र र दस्ताबेजसँगै लेखकले गरेको इतिहासको पैदल यात्रा हो । झापा विद्रोहका क्रममा विद्रोहीद्वारा मारिएका आठ जना व्यक्तिका परिवार, राज्यद्वारा मारिएका विद्रोहीका सन्तानदेखि यससँग सम्बन्धित विभिन्न पात्रसँग लेखकले भेटेका छन्, तिनका दुःख-विपद्लाई नजिकबाट छामेका छन्, तिनका बयान अभिलिखित गरेका छन् । विगतको पैदल यात्राका क्रममा लेखक पश्चिम बङ्गालका नक्सलबाडीलगायत गाउँहरूसम्म पुगेका छन् । अनि, ढुसी लागेका दस्ताबेजका ढड्डा पल्टाएर अतीतसँग संवाद गरेका छन्। लेखकको भेटघाट र अन्तर्वार्ताको सूची विद्रोहको नीति बनाउने अगुवादेखि हिंसात्मक कारबाहीमा प्रत्यक्ष संलग्न व्यक्तिहरूसम्म तन्किएको छ । निरोज कट्टेलको २०२८ : झापा विद्रोहको अन्तर्कथाले पञ्चायती सत्ताका नीति, भूमिसुधारपछि झापा जिल्लाको भुइँयथार्थ, बसाइँसराइ, वैश्विक कम्युनिस्ट आन्दोलनका तत्कालीन तरङ्ग, किसान र जमिनदारबीचका अन्तर्विरोध, नक्सलवादी-झापाली सम्बन्धलगायत विभिन्न तस्बिरको एउटा ‘मोन्टाज’ सिर्जना गरेको छ ।
झापा विद्रोह । विसं २०२८ देखि २०३२ सम्म झापा जिल्लामा चलेको राजनीतिक आन्दोलनको नाम हो यो, जसले हिंसालाई माध्यम बनाएको थियो । झापा विद्रोह के थियो वा के थिएन ? यसबारे थुप्रै भाष्य छन्, दाबी छन्, कथन र प्रतिकथन छन् । के यो काँचो क्रान्तिकारी रोमाञ्चकता मात्रै थियो ? चिनियाँ सांस्कृतिक क्रान्ति र नक्सलवादी आन्दोलनको ठाडोमा ठाडो नक्कल थियो ? आवेगी युवाहरूको फगत लहड थियो ? यो किताब यी र यस्ता प्रश्नको जबाफ होइन । वास्तवमा यो त पात्र र दस्ताबेजसँगै लेखकले गरेको इतिहासको पैदल यात्रा हो । झापा विद्रोहका क्रममा विद्रोहीद्वारा मारिएका आठ जना व्यक्तिका परिवार, राज्यद्वारा मारिएका विद्रोहीका सन्तानदेखि यससँग सम्बन्धित विभिन्न पात्रसँग लेखकले भेटेका छन्, तिनका दुःख-विपद्लाई नजिकबाट छामेका छन्, तिनका बयान अभिलिखित गरेका छन् । विगतको पैदल यात्राका क्रममा लेखक पश्चिम बङ्गालका नक्सलबाडीलगायत गाउँहरूसम्म पुगेका छन् । अनि, ढुसी लागेका दस्ताबेजका ढड्डा पल्टाएर अतीतसँग संवाद गरेका छन्। लेखकको भेटघाट र अन्तर्वार्ताको सूची विद्रोहको नीति बनाउने अगुवादेखि हिंसात्मक कारबाहीमा प्रत्यक्ष संलग्न व्यक्तिहरूसम्म तन्किएको छ । निरोज कट्टेलको २०२८ : झापा विद्रोहको अन्तर्कथाले पञ्चायती सत्ताका नीति, भूमिसुधारपछि झापा जिल्लाको भुइँयथार्थ, बसाइँसराइ, वैश्विक कम्युनिस्ट आन्दोलनका तत्कालीन तरङ्ग, किसान र जमिनदारबीचका अन्तर्विरोध, नक्सलवादी-झापाली सम्बन्धलगायत विभिन्न तस्बिरको एउटा ‘मोन्टाज’ सिर्जना गरेको छ ।
- Title
- २०२८ झापा विद्रोहको अन्तर्कथा / 2028 Jhapa bidroha antarkatha | 2028 Jhapa Bidroha Antarkatha
- Author
- Niroj Kattel
- ISBN
- 9789937950060
- Language
- Nepali
- Published
- 2023
- Publication
- Bela Publication
- Pages
- 290
- Category
- राजनीति/समाज