Delivery across Nepal · नेपालभर डेलिभरी
हिमालपारिको हुरी: गणतन्त्रपछि फेरिएको नेपाल-चिन सम्बन्ध / Himalapariko Huri
राजनीति/समाज

हिमालपारिको हुरी: गणतन्त्रपछि फेरिएको नेपाल-चिन सम्बन्ध / Himalapariko Huri

Himalapariko Huri
Written by Sudheer Sharma
Publisher Kitab Publishers
Year 2024
Pages 279

२०० वर्षअघिसम्म चीन र भारत विश्वका पहिलो र दोस्रो ठूला अर्थतन्त्र थिए । उनीहरू त्यसरी सम्पन्न हुँदा नै काठमाडौं उपत्यका केही हदसम्म समृद्ध हुन पुगेको थियो । उत्तर-दक्षिण अन्तरदेशीय व्यापारको केन्द्र 'अन्द्रपो' बनेको थियो । त्यसको अवशेषका रूपमा रहेका उपत्यकाका ऐतिहासिक सम्पदाहरू तपाईं-हाम्रा आँखासामु नै छन् । हाम्रा यी दुई । छिमेकी फेरि विश्वशक्ति बन्दै गर्दा के नेपाल अन्द्रपोको भूमिकामा फर्कन सक्छ ? दुई ढुङ्गाबीचको 'तरुल' होइन, 'साँघु' बन्न सक्छ? यस पुस्तकले गणतन्त्रपछि फेरिएको चीनको नेपाल- नीतिलाई केन्द्रमा राख्दै यस्ता मुद्दाहरूको विश्लेषण गरेको छ । खास गरी सन् २००८ पछि बेइजिङले बढाएको विश्वव्यापी सक्रियतासँगै नेपालमा देखाएको चासो र उपस्थितिको अन्तर्य केलाएको छ । चीनले यहाँ गरेको 'साम्यवादी सहकार्यको परीक्षण र सैन्य साझेदारीको प्रयत्न' बारे पुस्तकमा खोजबीन गरिएको छ । चीनको पछिल्लो नेपाल - नीति के हो ? नेपालको चीन नीतिको आधार के हो ? अब हाम्रा निम्ति तिब्बती शरणार्थी मामिला मुख्य मुद्दा बनिरहन्छ वा उत्तर-दक्षिण कनेक्टिभिटीको छायामा त्यो पर्छ ? अनि, चीनलाई हामी चाहिन्छ कि, हामीलाई चीन ? वास्तवमा हामीले चीनलाई कति चिनेका छौं ? अनि, चीनले हामीलाई कति बुझेको छ ? लेखक सुधीर शर्माको यो अनुसन्धानात्मक पुस्तकले यी र यस्ता जिज्ञासाहरूको जवाफ दिएको छ ।

NRs 699 Out of stock
1
Inside Kathmandu Valley: 1 days Outside valley: 3 days
Share

Title
हिमालपारिको हुरी: गणतन्त्रपछि फेरिएको नेपाल-चिन सम्बन्ध / Himalapariko Huri | Himalapariko Huri
Author
Sudheer Sharma
ISBN
9789937949262
Language
Nepali
Published
2024
Publication
Kitab Publishers
Pages
279
Category
राजनीति/समाज, इतिहास