Delivery across Nepal · नेपालभर डेलिभरी
ज्याक्सन हाइट
कथा

ज्याक्सन हाइट

Jackson Height
Written by महेशबिक्रम शाह
Publisher Fineprint Books
Year 2013
Pages 216

महेश विक्रम शाह कथाकार तथा प्रहरी अधिकृत हुन् । उनका ‘अफ्रिगन अमिगो’, ‘सिपाहीकी स्वास्नी’, र ‘काठमान्डुमा कामरेड’ कथा संग्रहहरु प्रकाशित छन् । ‘छापामारको छोरो’ को लागि उनले मदन पुरस्कार पाएका छन् । नेपाली आख्यान साहित्यको कथा क्षेत्रमा अविचल उभिएका महेशविक्रम शाहका कथामा नेपाली सामाजिक–सांस्कृतिक चित्र, आञ्चलिक स्वाद, ग्रामीण द्वन्द्वको घाउ झल्किन्छ । सटाहा सङ्ग्रहमार्फत नेपाली कथासाहित्यमा उदाएका शाहका ‘सिपाहीकी स्वास्नी’, ‘अफ्रिकन अमिगो’, ‘छापामारको छोरा’े र ‘काठमाडौंमा कामरेड’ कथासङ्ग्रहमा नेपाली माटो तथा विदेशी पृष्ठभूमिका कथाहरु समेटिएका छन् । तर उनको छैटौं कथासङ्ग्रह ज्याक्सन हाइटले भने अलि फरक स्वाद दिएको छ पाठकलाई । सङ्ग्रहका सबै कथाको सिर्जनभूमि विदेशी परिवेश भए पनि नेपाली डायस्पोरामा आधारित उनका हरेक कथामा कुनै न कुनै रुपमा नेपाली मनका दुःख, वेदना र पीडाहरु समेटिएका छन् । ‘ज्याक्सन हाइट’मार्पmत विदेशमा रहेका नेपालीको धुकधुकी छाम्न पुगेका शाहले नेपाली मन र विदेशी पृष्ठभूमिलाई राम्ररी सम्बोधन गरेका छन् ।

NRs 300 Out of stock
1
Inside Kathmandu Valley: 1 days Outside valley: 3 days
Share

Title
ज्याक्सन हाइट | Jackson Height
Author
महेशबिक्रम शाह
ISBN
9789937866668
Language
Nepali
Published
2013
Publication
Fineprint Books
Pages
216
Category
कथा