Delivery across Nepal · नेपालभर डेलिभरी
माओको अन्तिम महलडाइ /Maoko Antim Mahaladai
राजनीति/समाज

माओको अन्तिम महलडाइ /Maoko Antim Mahaladai

Maoko Antim Mahaladai
Written by Gail Tuchman
Publisher Indigo inc.
Year 2021
Pages 548

यो पुस्तक प्रसिद्ध अमेरिकी पत्रकार एवं विश्लेषक रेमण्ड लोट्टाद्धारा अंग्रेजी भाषामा सम्पादित (And Mao makes five) पुस्तकको नेपाली अनुवाद हो । चीनमा समाजवादी क्रान्ति सम्पन्न गर्ने सन्दर्भमा ल्युशाओची, देङ शियाओ पिङ, लगायतका दक्षिणपन्थीहरु र उनीहरुको पूँजीवादी कार्यदिशाविरूद्ध कमरेड माओले भीषण संघर्ष गर्नुभयो । त्यही शिलशिलामा उहाँले सर्वहारा अधिनायकत्वको सुदृढीकरणको निम्ति निरन्तर, क्रान्तिलाई अगाडि बढाउने क्रममा वर्गसंघर्षको उच्चतम अभिव्यक्ति र मार्क्सवादको सर्वोच्च संश्लेषणको रूपमा महान् सर्वहारा सांस्कृतिक क्रान्तिको सुत्रपात गर्नुभयो र चिनियाँ समाजवादी समाजमा त्यसको कार्यान्वयनको नेतृत्व गर्नुभयो । सर्वहारा सांस्कृतिक क्रान्तिमा माओलाई साथ दिने नेतृत्वका रुपमा चाङचुङ चियाओ, चियाङचिङ, वाङ्गहुङ्ग वेन र याओ वेन युवानले आफूलाई क्रान्तिकारी नेतृत्वका रूपमा विकास गरे, जसलाई यस पुस्तकमा वामपक्ष भनिएको छ । सन् १९६६ देखि १९७६ (माओ जीवित छँदा) सम्म चलेको महान् सर्वहारा सांस्कृतिक क्रान्ति अत्यन्त पेचिलो र दुनियाँभरिका कम्युनिस्ट क्रान्तिकारीहरुका निम्ति निकै शिक्षाप्रद एवं प्रेरणादायी रह्यो । यही सांस्कृतिक क्रान्तिका क्रममा दुवै (वाम-दक्षिण) पक्षबाट प्रकाशित लेख, रचना, दस्तावेजहरु र कार्यक्रमहरुको संगालो यो पुस्तक नेपाली क्रान्तिकारीहरुका निम्ति पनि उपयोगी हुनेछ भन्ने विश्वास लिइएको छ ।

NRs 799 Out of stock
1
Inside Kathmandu Valley: 1 days Outside valley: 3 days
Share

Title
माओको अन्तिम महलडाइ /Maoko Antim Mahaladai | Maoko Antim Mahaladai
Author
Gail Tuchman
Language
Nepali
Published
2021
Publication
Indigo inc.
Pages
548
Category
राजनीति/समाज, अनुदित सामग्री