तपाइँ सक्नुहुन्छ / Tapai Saknuhunchha
NRs 639
कृष्ण
N A 7कृष्ण पौराणिक मिथकको जगमा उभिएको उपन्यास हो । यसले श्रीमद्भागवत महापुराणको दशम स्कन्ध तथा महाभारतका केही पर्वहरूलाई आफ्नो रचनागर्भ तुल्याएको छ । हाम्रा पुराणहरूले दैवीकरण तथा दानवीकरण गरेका पात्रहरूलाई मानवीकरण गरिएको यस कृतिमा वर्तमान अभिव्यञ्जित छ ।
कृष्ण पौराणिक मिथकको जगमा उभिएको उपन्यास हो । यसले श्रीमद्भागवत महापुराणको दशम स्कन्ध तथा महाभारतका केही पर्वहरूलाई आफ्नो रचनागर्भ तुल्याएको छ । हाम्रा पुराणहरूले दैवीकरण तथा दानवीकरण गरेका पात्रहरूलाई मानवीकरण गरिएको यस कृतिमा वर्तमान अभिव्यञ्जित छ ।
मूलतः राजनीति र समाजचिन्तनलाई मुख्य विषय बनाएको यस कृतिले प्रेमको उच्चता, मित्रताको महत्त्व, इमान र सत्य, त्याग, समर्पण, मानवता र निष्ठाले मान्छेलाई सामान्य मान्छेबाट कसरी माथि उठाउँछ; त्यही व्यक्ति कसरी अन्य व्यक्तिका दृष्टिमा ईश्वर कहलाउँछ भन्ने दृष्टिकोण प्रस्तुत गरेको छ । यस कृतिले जीवनसङ्घर्ष, सत्य र त्यागका मार्गबाट उपलब्ध हुने सफलताको महत्त्वबारे बोध गराउँछ ।
यस पुस्तकले २०७८/०७९ को रत्न श्रेष्ठ राष्ट्रिय पुरस्कार तथा २०७८ को धवल सिर्जना पुरस्कार, सकला सिद्धार्थ वाङ्मय पुरस्कार र विष्णुदास-यज्ञ साहित्य पुरस्कार प्राप्त गरेको थियो।
- Title
- कृष्ण | N A 7
- Author
- Shankhar Prasad Gaire
- ISBN
- 9789905994232
- Language
- Nepali
- Published
- 2026
- Publication
- Imprint Publishers
- Category
- धार्मिक र आध्यात्मिक