अज्ञात । Agyat
NRs 898
प्राचीन तथा मध्यकालीन नेपालको इतिहास / Prachin Tatha Madhyakalin Nepalako Itihas
Prachin Tatha Madhyakalin Nepalako Itihasडा. बलराम कायस्थ सह- प्राध्यापक त्रिभुवन विश्वविद्यालय विभागीय प्रमुख (इतिहास विभाग ) भक्तपुर बहुमुखी क्याम्पस, भक्तपुर
डा. बलराम कायस्थ सह- प्राध्यापक त्रिभुवन विश्वविद्यालय विभागीय प्रमुख (इतिहास विभाग ) भक्तपुर बहुमुखी क्याम्पस, भक्तपुर
डा. बलराम कायस्थद्वारा लिखित प्राचीन तथा मध्यकालीन नेपालको इतिहास नामक प्रस्तुत पुस्तकमा सुरुदेखि मल्लवंशको अन्तसम्मको नेपालको इतिहास छोटकरीमा विवेचना गरिएको छ । प्राचीन नेपाल सम्बन्धी धेरैजसो पुस्तकमा गोपाल वंशदेखिको इतिहास वर्णन गरिएको हुन्छ, तर प्रस्तुत पुस्तकमा नेपालको प्राग इतिहासबारे पनि राम्रो व्याख्या गरिएको छ । लिच्छविकालका सम्बन्धमा राजनैतिक इतिहासका साथै त्यतिबेलाको संस्कृति, धर्म तथा शासन व्यवस्थाबारे पनि प्रकाश पार्नुका साथै लिच्छवि इतिहासको प्रमुख श्रोतको रूपमा रहेका केही अभिलेखहरूको परिचय पनि दिइएका छन् ।
लिच्छविकालपछि दक्षिण-पूर्वमा सिम्रौनगढ, पश्चिममा खस मल्ल राज्य तथा नेपाल उपत्यकामा मल्लहरूको शासन कायम भएको वर्णन तीन छुट्टाछुट्टै अध्यायमा गरिएका छन् भने सिम्रौनगढ राज्य मकवानपुर चौदण्डी, विजयपुर आदि राज्यमा, खस मल्ल राज्य बाइसी र चौबीसी राज्यहरूमा तथा नेपाल उपत्यका कान्तिपुर, भक्तपुर र ललितपुरमा विभाजन भएको घटना र त्यहाँका इतिहास पनि छोटकरीमा विवेचना गरिएका छन् । मध्यकालको राजनैतिक इतिहासका साथै त्यतिबेलाको सामाजिक, आर्थिक र धार्मिक अवस्थाबारे पनि वर्णन गरिएकाले पुस्तक बढी उपयोगी भएको छ । - प्रा. डा. त्रिरत्न मानन्धर
- Title
- प्राचीन तथा मध्यकालीन नेपालको इतिहास / Prachin Tatha Madhyakalin Nepalako Itihas | Prachin Tatha Madhyakalin Nepalako Itihas
- Author
- डा. बलराम कायस्थ
- ISBN
- 9789937942478
- Language
- Nepali
- Published
- 2020
- Publication
- Swadesh Prakashan
- Pages
- 260
- Category
- इतिहास