101 Neetikatha | १०१ नीतिकथा
NRs 235
१२ खरी उत्कृष्ट कथा २०८१ / 12 Khari Utkrishta Katha 2081
12 Khari Utkrishta Katha 2081बादल देखिँदै थियो | बादल देखिएपछि चिसोले च्याप्थ्यो र झरिहाल्थे हिउँका फूलहरू । आज पनि दाउराको भारी फालेर पालको ढोका खोल्न सुरसार गर्दै थिइन् रिन्जेन | अलि तल फेदीतिर मान्छेको हुल देखिन् उनले । रोकिए उनका हातहरू । ओहो ! यति धेरै मान्छे उनले कहिल्यै देखेकी थिइनन् । ती मानिसहरू उनकै पालतिर आइरहेका थिए । लुगाफाटो उस्तै भए पनि ती मानिसहरू चिनेका गाउँलेहरू थिएनन् । - माग्युद् खोना तर उनलाई थाहा भयो, यो काम सोचे जस्तो सजिलो छैन । सपनाको अँध्यारो दुनियाँ केवल प्रविधिको सीमामा सीमित थिएन । नवदृष्टिले सरकारी निकायहरू र शक्तिशाली व्यापारिक सङ्गठनहरूसँग पनि साँठगाँठ गरेको थियो । सपना इन्जिन सत्ताको हालीमुहालीमा रहेका नेता र माफियाहरूका लागि आमजनताको मस्तिष्कमा नियन्त्रण राख्न सकिने अस्त्र बनिसकेको थियो । सपना इन्जिन उनीहरूको सत्ता स्वार्थका लागि अब जरूरी भइसकेको थियो । — कृत्रिम सपना एक दिन खाली पिरियडमा म कदमको फेदमा बसिरहेको थिएँ । त्यही बेला आदित्य पनि धारामा पानी खान आयो । मलाई उसले खुट्टा खोच्याएर हिँडे जस्तो लाग्यो । 'के भयो' भनेर सोधें । 'काँटी घुस्यो' सर भन्यो । यसरी भन्यो कि मानौँ उसका लागि खुट्टामा काँटी भासिनु पनि सामान्य हो । तर आजको उसको । गतिविधि हेर्दा उसलाई ठूलै चोट लागेको अनुमान गर्न सकिन्थ्यो ।
बादल देखिँदै थियो | बादल देखिएपछि चिसोले च्याप्थ्यो र झरिहाल्थे हिउँका फूलहरू । आज पनि दाउराको भारी फालेर पालको ढोका खोल्न सुरसार गर्दै थिइन् रिन्जेन | अलि तल फेदीतिर मान्छेको हुल देखिन् उनले । रोकिए उनका हातहरू । ओहो ! यति धेरै मान्छे उनले कहिल्यै देखेकी थिइनन् । ती मानिसहरू उनकै पालतिर आइरहेका थिए । लुगाफाटो उस्तै भए पनि ती मानिसहरू चिनेका गाउँलेहरू थिएनन् । - माग्युद् खोना तर उनलाई थाहा भयो, यो काम सोचे जस्तो सजिलो छैन । सपनाको अँध्यारो दुनियाँ केवल प्रविधिको सीमामा सीमित थिएन । नवदृष्टिले सरकारी निकायहरू र शक्तिशाली व्यापारिक सङ्गठनहरूसँग पनि साँठगाँठ गरेको थियो । सपना इन्जिन सत्ताको हालीमुहालीमा रहेका नेता र माफियाहरूका लागि आमजनताको मस्तिष्कमा नियन्त्रण राख्न सकिने अस्त्र बनिसकेको थियो । सपना इन्जिन उनीहरूको सत्ता स्वार्थका लागि अब जरूरी भइसकेको थियो । — कृत्रिम सपना एक दिन खाली पिरियडमा म कदमको फेदमा बसिरहेको थिएँ । त्यही बेला आदित्य पनि धारामा पानी खान आयो । मलाई उसले खुट्टा खोच्याएर हिँडे जस्तो लाग्यो । 'के भयो' भनेर सोधें । 'काँटी घुस्यो' सर भन्यो । यसरी भन्यो कि मानौँ उसका लागि खुट्टामा काँटी भासिनु पनि सामान्य हो । तर आजको उसको । गतिविधि हेर्दा उसलाई ठूलै चोट लागेको अनुमान गर्न सकिन्थ्यो ।
- Title
- १२ खरी उत्कृष्ट कथा २०८१ / 12 Khari Utkrishta Katha 2081 | 12 Khari Utkrishta Katha 2081
- ISBN
- 9789937790406
- Language
- Nepali
- Published
- 2024
- Publication
- Fineprint Books
- Pages
- 366
- Category
- कथा