Delivery across Nepal · नेपालभर डेलिभरी
दहाड/Dahad
कथा

दहाड/Dahad

Dahad
Written by Naveen Abhilashi
Publisher Sangrila Books
Year 2026

सबैभन्दा कमजोर स्थानबाट सबैभन्दा तीखा प्रश्नहरूसहित दर्ज गरिएको अभियोगपत्र हो, दहाड । समाज विकासको इतिहासमा सत्ता र संरचनाले मिलेर सजाएको भयानक चिहान उत्खनन् गरेर तयार पारिएको हाडखोरहरूको हिसाब हो । यसमा शोषणका सम्पूर्ण पाउपञ्जा केलाइएको छ । दुःख र उपेक्षाको सीमान्त तहमा फुटेको यो चिच्याहटमा काल्पनिक विलास शून्यप्रायः छ । पञ्चायतकालीन परिदृश्यमा भनिएका यी कारुणिक कथाहरूले मानिस हुने तीव्र आकाङ्क्षा पालेका भुइँमान्छेहरू आजपर्यन्त भुइँमै भासिइरहेको यथार्थ बोल्छन् । दुखेर पनि दुखेको थाहै नपाउने र दुख्यो भन्न नपाइने यस्तो धर्मधर्तीमा बाँच्न अभिशप्त निर्धा पात्रहरूले द्रवीभूत पार्छन् । झङ्कृत मस्तिष्क र रोदनमय आँखाहरू लिएर कम्पन छुटेका हातहरूले किताब बन्द गरेर पाठकहरूले सुस्केराहरू छोड्नेछन्, उफ... त्यो भयावह जिन्दगी नभोगी यस्ता कथाहरू लेख्न सकिंदैन, आफ्ना अक्षरहरूसँगसँगै निस्सासिएर रोएको हुनुपर्छ लेखक । छातीमा गर्जनका ज्वारभाटा नउठी यस्ता कथाहरू जन्मिँदैनन्, जसले यी कथा पढ्नेछन्, उनीहरू शान्तले निदाउन सक्ने छैनन् ।

NRs 495 Out of stock
1
Inside Kathmandu Valley: 1 days Outside valley: 3 days
Share

Title
दहाड/Dahad | Dahad
Author
Naveen Abhilashi
ISBN
9789937990387
Language
Nepali
Published
2026
Publication
Sangrila Books
Category
कथा