101 Neetikatha | १०१ नीतिकथा
NRs 235
मान्टोका कथा / mantoka katha
Mantoka Kathaउनले समाजका सत्यलाई ढोगको आवरणमा होइन, उसकै स्वरूपमा नग्न देखे। सत्यलाई कुनै आदर्श वा सभ्यताको खोल ओढाएनन्, सर्वाङ्ग प्रस्तुत गरे । त्यसैले त तथाकथित सभ्य समीक्षकदेखि ढोंगी समाजका ठेकेदारले उनलाई दुत्कारे । ६ पटकसम्म अदालतमा उपस्थित बनाइए तर आफ्ना कथाहरूमा यथार्थको वास्तविक तस्वीर कोरिरहे।
उनले समाजका सत्यलाई ढोगको आवरणमा होइन, उसकै स्वरूपमा नग्न देखे। सत्यलाई कुनै आदर्श वा सभ्यताको खोल ओढाएनन्, सर्वाङ्ग प्रस्तुत गरे । त्यसैले त तथाकथित सभ्य समीक्षकदेखि ढोंगी समाजका ठेकेदारले उनलाई दुत्कारे । ६ पटकसम्म अदालतमा उपस्थित बनाइए तर आफ्ना कथाहरूमा यथार्थको वास्तविक तस्वीर कोरिरहे।
शहरका अँध्यारा गल्लीहरूमा लुकिबसेका पाखण्ड उनका कथाका विषय हुन् ।
समयका अप्ठ्यारा मोडहरूमा विवश, हतास र प्रताडित मानिस उनका कथाका पात्र हुन् ।
उनका कथाहरूमा इतिहासका त्यस्ता गल्छेडाहरू प्रतिविम्बित छन्, जहाँ लाखौं मानिसहरू प्रताडित, अपमानित र दमित थिए । तिनै मानिसका सुस्केरा, रोदन र आक्रोशका अभिलेख हुन्, उनका कथाहरू।
सन् १९१२ मा ब्रिटिशकालीन भारतमा जन्मेर स्वतन्त्रतापछि पाकिस्तानी बन्न पुगेका सआदत हसन मन्टो आफ्नो समयका त्यस्ता अमिट नाम हुन्, जसलाई भविष्यका अरू मोडहरूले पनि पढ्नेछन् सम्झिनेछन् ।
उत्तरऔपनिवेशिक दक्षिण एशियाको इतिहास, संस्कृति र काल्पनिकी मन्टोका रचनाविना अधुरो हुन्छ, अपूरो रहन्छ । भूगोलका ऐतिहासिक घाउहरूका साक्षी हुन्, उनका कथाहरू ।
हाम्रो सामाजिक जीवनका अविभाज्य मन्टोका कथाहरूको उर्दू र हिन्दीबाट जङ्गबहादुर शाहले अनुवाद गरेको सङ्ग्रह हो- सआदत हसन मन्टोका कथा ।
- Title
- मान्टोका कथा / mantoka katha | Mantoka Katha
- Author
- Jung Bahadur shah
- ISBN
- 9789937997997
- Language
- Nepali
- Published
- 2026
- Publication
- Book Hill
- Category
- कथा