Delivery across Nepal · नेपालभर डेलिभरी
१२ खरी उत्कृष्ट कथा २०८०/12 Khari Utkrista Katha 2080
कथा

१२ खरी उत्कृष्ट कथा २०८०/12 Khari Utkrista Katha 2080

12 Khari Utkrista Katha 2080
Publisher Fineprint Books
Year 2023
Pages 470

पछिल्लो बाहिरी पृष्ठबाट पारिबाट हान्निँदै आएको गोली, बङ्करको छेउ, बूढा दलजित सुब्बाको छातीमै लाग्यो । ...लछिमान जन्मिनुभन्दा अघि नै सैनिकमा भर्ती भएका यी बूढा जमदार अवकाशपछिका जीवनका योजना बनाइरहेका थिए । तर अब उनको आत्मा मात्रै रिटायर्ड भएर जाने भयो । आँखैअगाडि अघिसम्म हाक्पारे बाँचिरहेका बूढा अरठ्ठो भइसकेका थिए । उनको शरीर हिउँ जस्तो चिसो थियो । उसले गोर्खाली वीरगाथालाई सर्लक्कै भुलाइदियो । - बूढो लाँकुरीको रूख

NRs 625 Out of stock
1
Inside Kathmandu Valley: 1 days Outside valley: 3 days
Share

पछिल्लो बाहिरी पृष्ठबाट पारिबाट हान्निँदै आएको गोली, बङ्करको छेउ, बूढा दलजित सुब्बाको छातीमै लाग्यो । ...लछिमान जन्मिनुभन्दा अघि नै सैनिकमा भर्ती भएका यी बूढा जमदार अवकाशपछिका जीवनका योजना बनाइरहेका थिए । तर अब उनको आत्मा मात्रै रिटायर्ड भएर जाने भयो । आँखैअगाडि अघिसम्म हाक्पारे बाँचिरहेका बूढा अरठ्ठो भइसकेका थिए । उनको शरीर हिउँ जस्तो चिसो थियो । उसले गोर्खाली वीरगाथालाई सर्लक्कै भुलाइदियो । - बूढो लाँकुरीको रूख

कुमारी आफ्नो आसनमा गएर बसिन् र छेउमा पुतली राखिन् । बाजेले कुमारीको आरती सुरू गरे । कुमारीले छेउको पुतली फुत्त तानिन् र पुतलीलाई आफ्नो सम्मुख फर्काएर दुई हातले माथि उचाल्दै जोडको खित्का छाडिन् । एक सुरमा आरती गरिरहेका बाजे झसङ्ग तर्सिए । डराएर कुमारीको अनुहारमा हेर्दै भने, 'हे भवानी ! हे माजु ! कुन अनिष्टको सङ्केत हो यो ? - कुमारी

ऊ सानै छँदा त्यो चिउरीको जङ्गल उसका निम्ति सबैभन्दा प्रिय थियो । कसरी एकाएक उजाड हुन थालेछ ? तत्काल यस विषयको गहन अध्ययन गरेर समाधानका उपाय खोज्ने अठोट गर्दै ऊ बल्लबल्ल राति अबेरतिर निदाई ! बिहानीपख भालेको कुकुरी काँ सँगै ऊ जागी । पहिला जस्तो चमेराको चिंचिले मध्यरातमा जाग्नुपरेन । नजिकैको झ्यालबाट बाहिर चियाई, राक्सिराङलाई तुवाँलोको जालोले छोपेको थियो मज्जैले । - चेपाङ, चमेरा र चिउरी

Title
१२ खरी उत्कृष्ट कथा २०८०/12 Khari Utkrista Katha 2080 | 12 Khari Utkrista Katha 2080
ISBN
9789937790161
Language
Nepali
Published
2023
Publication
Fineprint Books
Pages
470
Category
कथा