Delivery across Nepal · नेपालभर डेलिभरी
१२ खरी उत्कृष्ट कथा २०८२12 Khari utkrista Katha 2082
कथा

12 Khari Utkrista Katha 2082
Publisher Fineprint Books
Year 2025

श्रीमान्‌को जीवनलीला समाप्त भएकामा कुनै गुनासो छैन उनको देउताप्रति । आफ्नो पनि पर्वाह छैन। केवल गर्भमा हुर्किरहेको सन्तानको सुर्ता छ । त्यसलाई संसार देखाउन उनी माग्दै छिन् साथ देउराली देवीसँग, गस्टा बाबासँग । 0 हे देउराली देवी, हे बाइभाइ मुस्टा । रौका बाबुले जाल पायो । सुइना मात्तै देखायो । आफू त परदेश गई मरिगो। आम्नो नासो छोडिगो । मुपन मरिजाऊँ सोच्यों । यसैका मायाले परानी झुलायो । मु यसैका लागि बाँच्याकी छु। यो नरनारी ज्या भया पुनि राम्मै गरी धरतीमा ल्याइदिया।" उनी भाकल सकेर मौन बसिरहन्छिन् देउरालीमा । हामी शेर्पाहरूले हिमाललाई देवताका रूपमा पुज्छौ, तिनीहरूलाई हामी हरेक प्रकारका गुहार-पुकार सुनाउने गर्छौँ । हाम्रो धर्मले चौरीलाई तिनै हिमालका दूतका रूपमा मान्छन् । तिनीहरूले देवताका सन्देशलाई हामीसम्म पुन्याउने काम गर्छन् । चौरीहरू शान्ति, समृद्धि तथा सुरक्षाका बिम्ब हुन् । म डरले निश्शुक्कै भएकी थिएँ, अक्सर मदिराको नशामा आफ्नो मृत्युको कुरा गर्ने मेरो लोग्ने कतै हिमालमा समाहित हुन गइरहेको त होइन ? कसैको प्रियजनको मृत्यु भयो भने कृत्रिम बौद्धिकताले उही विशेषता, गुण, स्वभाव र आनीबानी भएको रोबोट निर्माण गर्न सक्छ । यो लगभग वास्तविक मानव जस्तै त होइन तर कैयौ अभाव यो प्रविधिबाट पूरा गर्न सकिन्छ । यस्तो विचारले मलाई पूरै अभिभूत बनायो । मेरो मनमा आशाको दियो बल्यो । मैले सबिनको जस्तै गुण, स्वभाव, स्वर र आनीबानी भएको प्रतिलिपि अर्थात् कृत्रिम बौद्धिकतासहितको रोबोट निर्माण गर्ने अठोट गरे ।

NRs 650 Out of stock
1
Inside Kathmandu Valley: 1 days Outside valley: 3 days
Share

Title
१२ खरी उत्कृष्ट कथा २०८२12 Khari utkrista Katha 2082 | 12 Khari Utkrista Katha 2082
ISBN
9789937790901
Language
Nepali
Published
2025
Publication
Fineprint Books
Category
कथा