निर्वाण / Nirwan
NRs 750
आनन्द संहिता / Aananda Sanhita
Aananda Sanhitaवृत्ति, स्थिति र उपलब्धिका हिसाबले मनुष्य मनुष्यबीच हजारों हजार भिन्नता छन् । तर, खोजको दृष्टिकोणले सबै समान छन् । किनभने, यहाँ हरकोहीले खोजिरहेको तत्त्व एउटै हो आनन्द मात्र खोज्ने तरिका र बुझ्ने कोणमा फरक परेकाले आनन्द खोज्दा झन् बढी उल्झन र विषाद आइलागछ जीवनमा । यद्यपि, खोजलाई समुचित ढङ्गले ठीकठीक विधिका साथ अगाडि बढाउन सके जो-कसैको जीवनमा जुनसुकै परिस्थितिमा पनि आनन्द सम्भव छ। यही सत्यको आलोकमा विरचित छ यो पुस्तक आनन्द संहिता।
वृत्ति, स्थिति र उपलब्धिका हिसाबले मनुष्य मनुष्यबीच हजारों हजार भिन्नता छन् । तर, खोजको दृष्टिकोणले सबै समान छन् । किनभने, यहाँ हरकोहीले खोजिरहेको तत्त्व एउटै हो आनन्द मात्र खोज्ने तरिका र बुझ्ने कोणमा फरक परेकाले आनन्द खोज्दा झन् बढी उल्झन र विषाद आइलागछ जीवनमा । यद्यपि, खोजलाई समुचित ढङ्गले ठीकठीक विधिका साथ अगाडि बढाउन सके जो-कसैको जीवनमा जुनसुकै परिस्थितिमा पनि आनन्द सम्भव छ। यही सत्यको आलोकमा विरचित छ यो पुस्तक आनन्द संहिता।
अत्यधिक रुचाइएको उत्प्रेरणादायी आख्यान निर्वाणका लेखक घनश्याम खड्काद्वारा सिर्जित गैरआख्यान यो उत्प्रेरक साहित्यको प्रत्येक अध्यायमा आनन्द प्राप्तिको सरल तर अद्भुत मीमाशासहित अन्त्यमा त्यसको प्रयोग गर्ने विधिसमेत छ । यही नै यो पुस्तकको विशेषता हो, जसले यसलाई अझै व्यावहारिक बनाएको छ। किनभने, यसले पाठक स्वयंलाई आफ्नो मनोचिकित्सक आफैँ बन्न सक्ने एक अद्वितीय अवसर उत्प्रेरणाका साथ प्रदान गरेको छ । त्यसैले, आनन्द चाहने हरेकलाई पुस्तक एक आत्मीय मार्गदर्शक बन्न पुग्छ यही नै आनन्द संहिताको सौन्दर्य हो | र हो- शक्ति पनि ।
- Title
- आनन्द संहिता / Aananda Sanhita | Aananda Sanhita
- Author
- Ghanshyam Khadka
- ISBN
- 9789937971317
- Language
- Nepali
- Published
- 2024
- Pages
- 231
- Category
- प्रेरणादायी पुस्तकहरू, दर्शन र नीतिशास्त्र