101 Neetikatha | १०१ नीतिकथा
NRs 235
०४६ सालको परिवर्तनपछि मुलुक चुनावमा जाने भयो ।
मतदाता नामावली सङ्कलन हुनुअगावै प्रधानले पगलीको नाममा नागरिकता जारी गराइसकेका थिए । मतदाता नामावलीमा पनि नाम समावेस गरियो - देवकीदेवी हमाल । कृष्णको आमा देवकी नै थिइन् । त्यही भएर होला रामचन्द्र बाजेले पनि पगलीको नाम देवकीदेवी राखिदिएका थिए ।
त्यस बेलासम्म मुर्चुङ्गीमा कुनै हमाल थरका घर थिएनन् । बुढाहरू जान्दथे हमाल क्षेत्री थर हो । आफ्ना घरमा काम गर्न राखिएको मान्छे निचो जातको पनि बनाउनुभएन । त्यसैले प्रधान बाजेले पनि गाउँमा नभएको तर पानी चल्ने थर भिराइदिएका थिए पगलीलाई । गाउँका कसैसँग नमिल्ने थर राखिदिएपछि पगलीलाई दोजिया बनाएको बात परोक्ष रूपमा पनि कसैलाई लाग्ने थिएन ।
एक एक भोटको महत्त्व थियो गाउँमा । आफू चुनावमा नउठे पनि प्रधानले चाहेको उम्मेदवारलाई जिताउन वा हराउन सक्थे । त्यही निर्णायक मतहरूमध्ये एक बन्न पुगेकी थिई देवकीदेवी । (जिजीविषाबाट)
- Title
- अकथ्य / Akathya | Akathya
- Author
- Pravin Khatiwada
- ISBN
- 9789937743457
- Language
- Nepali
- Published
- 2024
- Publication
- Parichaya Publication
- Pages
- 161
- Category
- कथा