Delivery across Nepal · नेपालभर डेलिभरी
सीडीओका १७ वर्ष / CDO Ka 17 barsha
संस्मरण/जीवनी/आत्मकथा

सीडीओका १७ वर्ष / CDO Ka 17 barsha

Cdo Ka 17 Barsha
Written by नरेन्द्रराज पौडेल
Publisher Kathalaya Inc.
Year 2014
Pages 291

६५ वर्षीय नरेन्द्रराज पौडेल नेपाली साहित्यमा एक स्थापित स्रष्टा अनि कुशल निजामती प्रशासकका रूपमा परिचित छन् ।

NRs 375 Out of stock
1
Inside Kathmandu Valley: 1 days Outside valley: 3 days
Share

६५ वर्षीय नरेन्द्रराज पौडेल नेपाली साहित्यमा एक स्थापित स्रष्टा अनि कुशल निजामती प्रशासकका रूपमा परिचित छन् ।

संवत् २०३२ देखि २०६४ सालसम्म नेपाल सरकारको प्रशासन सेवामा संलग्न रहेका पौडेल लोकतन्त्र बहालीपछि करीब दुई दशकसम्म प्रमुख जिल्ला अधिकारी (सीडीओ) को संवेदनशील र घचिलो पदमा कार्यरत रहे । २०४६ देखि २०६४ सालसम्मको अत्यन्त अस्थिर एवं द्वन्द्वग्रस्त अवस्थामा जिल्लाहरूको शान्तिसुरक्षा कायम गर्ने र प्रशासनिक गतिविधि सञ्चालन गर्ने जोखिमपूर्ण कार्य गर्दै रहे । त्यही कालखण्डको ऐना हो सीडीओका १७ वर्ष । आम पाठक वर्गका लागि वर्तमान नेपालको प्रशासनिक कमजोरी तथा आर्थिक, सामाजिक र राजनीतिक विसङ्गति र दुरवस्था बुझ्न प्रस्तुत कृति एउटा वृत्तचित्र साबित हुनेछ भने राष्ट्रसेवक वर्गका लागि धेरै कुरा जान्ने, सिक्ने र थाहा पाउने बाह्रखरी समेत हुनेछ ।

पौडेल विक्रमको तीसको दशकदेखि नै कविता, कथा, नियात्रा र निबन्ध लेखनमा सक्रिय छन् । उनी मूलत यथार्थवादी घ्राराका कवि हुन् । हास्यव्यङ्ग्यप्रधान निबन्धहरूले उनको विशिष्ट गद्यकार व्यक्तित्वको परिचय गराउँदै आएका छन् । कथा क्षेत्रमा उनी अतियथार्थवादी कथाकारका रूपमा सुपरिचित छन् । लेखनका लागि दुई दर्जनभन्दा बढी पुरस्कार र सम्मान प्राप्त गरिसकेका पौडेलका दुई वटा कवितासङ्ग्रह, चार वटा कथा सङ्ग्रह, एउटा समीक्षा सङ्ग्रह, दुई वटा नियात्रा सङ्ग्रह तथा पाँच वटा निबन्ध सङ्ग्रह प्रकाशित भइसकेका छन् ।

Title
सीडीओका १७ वर्ष / CDO Ka 17 barsha | Cdo Ka 17 Barsha
Author
नरेन्द्रराज पौडेल
ISBN
9789937629522
Language
Nepali
Published
2014
Publication
Kathalaya Inc.
Pages
291
Category
संस्मरण/जीवनी/आत्मकथा