हृदयचन्द्रसिंह । Hridayachandrasingh
NRs 245
गङ्गालालका पदचाप / Gangalalaka Padachap
Gangalalaka Padachapनर शमशेर रिसायो । उसले दाह्रा किट्यो । हामीलाई अघिदेखि नै ठिक्क पारिएका बाँसमा बाँध्न आदेश दियो । राणाका सिपाहीहरूले आदेशको पालना गरे । उनीहरूले दशरथ चन्दलाई उत्तरपट्टि फर्काएर बाँधे । मलाई पश्चिमपट्टि फर्काएर बाँधे । हल्लिन नसक्ने गरी टनटनी कसे । उनीहरू बाँध्ने काममा खटेका । हामी भने बाँधिनेमा परेका । जे भए पनि हामी दुवै जना नजिकै छौं ।
नर शमशेर रिसायो । उसले दाह्रा किट्यो । हामीलाई अघिदेखि नै ठिक्क पारिएका बाँसमा बाँध्न आदेश दियो । राणाका सिपाहीहरूले आदेशको पालना गरे । उनीहरूले दशरथ चन्दलाई उत्तरपट्टि फर्काएर बाँधे । मलाई पश्चिमपट्टि फर्काएर बाँधे । हल्लिन नसक्ने गरी टनटनी कसे । उनीहरू बाँध्ने काममा खटेका । हामी भने बाँधिनेमा परेका । जे भए पनि हामी दुवै जना नजिकै छौं ।
नर शमशेरले के ठानेछ कुन्नि । उसले मतिर फर्केर फेरि भन्यो, 'हेर्, माफी मागिस् भने अझै पनि तँलाई समय छ ।' उसको कुरा सुनेर मलाई त झननन्न भयो । मेरो कन्चट नै तात्यो । मैले उसलाई भनें, माफी माग्नुपर्ने काम के नै गरेको छु र ! तँजस्तो कसाईसँग किन माफी माग्नु ? बरू तैंले गरेको अत्याचारका लागि हामीसँग माफी माग् । मेरो कुरा सुनेर ऊ खिसिक्क पो । उसको ओठ बन्द भयो । (पृष्ठ, १०७) ।
- Title
- गङ्गालालका पदचाप / Gangalalaka Padachap | Gangalalaka Padachap
- Author
- प्रभात सापकोटा
- ISBN
- 9789937711777
- Language
- Nepali
- Published
- 2023
- Publication
- Educational Book House
- Pages
- 120
- Category
- यात्रा वृत्तान्त