ALPHABETS IN THE SNOW
NRs 698
घामकिरी / Ghamkiri
Ghamkiriयथार्थ र कल्पनाशीलताको अद्भुत फ्युजनका लागि एकसाथ चर्चित र विवादास्पद मानिएको उपन्यास हो, घामकिरी। एक किशोर पात्रले आफ्ना सपना पछ्याउँदै गरेको मायानगरी मुम्बईसम्मको रोमाञ्चक यात्रालाई उपन्यासले आफ्नो विषयवस्तु बनाएको छ । यो उसको दैहिक या भौतिक मात्र नभएर मानसिक यात्रा पनि हो । बजार व्यवस्थाले आम मान्छेका सपनालाई समेत नियन्त्रण गरेर कसरी उसलाई उपभोक्तामा परिणत गर्छ र कसरी उसको संवेदनासित खेलबाड गर्छ भन्ने विषयलाई उपन्यासमा नितान्त भिन्न शैली अनि शिल्पका साथ प्रस्तुत गरिएको छ । समाज व्यवस्थाको सबैभन्दा पिँधमा रहेका मान्छेहरूबीचका प्रेम, सम्बन्ध र हार्दिकताका विविध आयामलाई पनि यसले सम्मानपूर्वक बहसमा ल्याएको छ । उम्दा हास्यचेत र प्रखर व्यङ्ग्यशिल्पले घामकिरीलाई समकालीन नेपाली आख्यानको बेग्लै कित्तामा सम्मानसाथ उभ्याएको छ ।
यथार्थ र कल्पनाशीलताको अद्भुत फ्युजनका लागि एकसाथ चर्चित र विवादास्पद मानिएको उपन्यास हो, घामकिरी। एक किशोर पात्रले आफ्ना सपना पछ्याउँदै गरेको मायानगरी मुम्बईसम्मको रोमाञ्चक यात्रालाई उपन्यासले आफ्नो विषयवस्तु बनाएको छ । यो उसको दैहिक या भौतिक मात्र नभएर मानसिक यात्रा पनि हो । बजार व्यवस्थाले आम मान्छेका सपनालाई समेत नियन्त्रण गरेर कसरी उसलाई उपभोक्तामा परिणत गर्छ र कसरी उसको संवेदनासित खेलबाड गर्छ भन्ने विषयलाई उपन्यासमा नितान्त भिन्न शैली अनि शिल्पका साथ प्रस्तुत गरिएको छ । समाज व्यवस्थाको सबैभन्दा पिँधमा रहेका मान्छेहरूबीचका प्रेम, सम्बन्ध र हार्दिकताका विविध आयामलाई पनि यसले सम्मानपूर्वक बहसमा ल्याएको छ । उम्दा हास्यचेत र प्रखर व्यङ्ग्यशिल्पले घामकिरीलाई समकालीन नेपाली आख्यानको बेग्लै कित्तामा सम्मानसाथ उभ्याएको छ ।
- Title
- घामकिरी / Ghamkiri | Ghamkiri
- Author
- Nayan Raj Pandey
- ISBN
- 9789937746380
- Language
- Nepali
- Published
- 2022
- Publication
- Fineprint Books
- Pages
- 209
- Category
- उपन्यास