ALPHABETS IN THE SNOW
NRs 698
यार
Yaarजीवनको बहुमूल्य उपहार हो मित्रता । यो सङ्गत र सद्भावको लामो प्रक्रियाबाट बन्छ र आपसी विश्वासले यसलाई गरिमामय बनाउँछ । तर मित्रता बन्ने मात्र गर्देन, टुट्ने पनि गर्छ । यही बन्ने, टुट्ने, फेरि जोडिने र भत्किने मित्रताका अनेक सम्झनाहरुलाई स्मृतिको गहिराइबाट टिपेर ल्याएका छन् नयनराज पाण्डेले, यारमा । संवेदनशीलता, कोमलता र विनम्रताका साथ उधिनिएका यी सम्झनाहरु पढ्दै गर्दा हामीलाई आफ्नै मित्रता र सम्बन्धहरुको लेखाजोखा गर्न मन लाग्छ । तर जुन इमानदारीका साथ मित्रताका “ग्रे एरिया”हरुलाई पाण्डेले चित्रण गरेका छन्, त्यसो गर्ने आँट के हामीमा होला ? नयनराज पाण्डे अग्रणी आख्यानकारमा पर्छन् । समकालीन नेपाली आख्यानमा उनले यथार्थबोधको नयाँ आयाम खडा गरेका छन् । उनका तीन कथासङ्ग्रह र आठ उपन्यास प्रकाशित छन् ।
जीवनको बहुमूल्य उपहार हो मित्रता । यो सङ्गत र सद्भावको लामो प्रक्रियाबाट बन्छ र आपसी विश्वासले यसलाई गरिमामय बनाउँछ । तर मित्रता बन्ने मात्र गर्देन, टुट्ने पनि गर्छ । यही बन्ने, टुट्ने, फेरि जोडिने र भत्किने मित्रताका अनेक सम्झनाहरुलाई स्मृतिको गहिराइबाट टिपेर ल्याएका छन् नयनराज पाण्डेले, यारमा । संवेदनशीलता, कोमलता र विनम्रताका साथ उधिनिएका यी सम्झनाहरु पढ्दै गर्दा हामीलाई आफ्नै मित्रता र सम्बन्धहरुको लेखाजोखा गर्न मन लाग्छ । तर जुन इमानदारीका साथ मित्रताका “ग्रे एरिया”हरुलाई पाण्डेले चित्रण गरेका छन्, त्यसो गर्ने आँट के हामीमा होला ? नयनराज पाण्डे अग्रणी आख्यानकारमा पर्छन् । समकालीन नेपाली आख्यानमा उनले यथार्थबोधको नयाँ आयाम खडा गरेका छन् । उनका तीन कथासङ्ग्रह र आठ उपन्यास प्रकाशित छन् ।
- Title
- यार | Yaar
- Author
- Nayan Raj Pandey
- ISBN
- 9789937665575
- Language
- Nepali
- Published
- 2017
- Publication
- Fineprint Books
- Pages
- 240
- Category
- संस्मरण/जीवनी/आत्मकथा