ALPHABETS IN THE SNOW
NRs 698
जियरा / jiyara
Jiyaraमधेसको पृष्ठभूमिमा लेखिएका लामा कथाहरूको सङ्ग्रह हो, जियरा । यस पुस्तकमा लेखक नयनराज पाण्डेले आफ्नै पूर्ववर्ती लेखन पद्धति भत्काउँदै कथावाचनको पृथक् र प्रयोगमूलक शिल्प अनि शैलीसित हामीलाई परिचित गराउँछन् । मुख्य कथाभित्र विभिन्न उपकथा बुन्ने बेजोड कलासँग साक्षात्कार गराउँछन् ।
मधेसको पृष्ठभूमिमा लेखिएका लामा कथाहरूको सङ्ग्रह हो, जियरा । यस पुस्तकमा लेखक नयनराज पाण्डेले आफ्नै पूर्ववर्ती लेखन पद्धति भत्काउँदै कथावाचनको पृथक् र प्रयोगमूलक शिल्प अनि शैलीसित हामीलाई परिचित गराउँछन् । मुख्य कथाभित्र विभिन्न उपकथा बुन्ने बेजोड कलासँग साक्षात्कार गराउँछन् ।
लेखकले आफ्ना पात्रलाई दुःखका रुन्चे गाथा सुनाउने चरित्रमा सीमित पारेका छैनन्, तिनलाई 'एजेन्सी' दिएका छन्, हुर्कदै गरेको प्रतिरोधी चेतनाको पुट भरिदिएका छन् । पुस्तक पढिरहँदा लाग्छ, लेखक समकालीन समयसँग झगडा गर्न चाहन्छन् ।
जादुयी यथार्थवादी कथाहरूको मानक बनेर आएको यो सङ्ग्रह पूँजीवाद, भ्रष्ट राजनीति र राजनीतिक संस्थापन, लोभ अनि पितृसत्ताको बलियो आलोचना हो ।
- Title
- जियरा / jiyara | Jiyara
- Author
- Nayan Raj Pandey
- ISBN
- 9789937746892
- Language
- Nepali
- Published
- 2021
- Publication
- Fineprint Books
- Pages
- 271
- Category
- कथा