Delivery across Nepal · नेपालभर डेलिभरी
Laxmi Geeti-Sangraha
कविता/गीत/गजल

Laxmi Geeti-Sangraha

लक्ष्मी गीति-सङ्ग्रह
Written by Laxmi Prasad Devkota
Publisher Manjari Prakashan
Year 1992
Pages 160

निर्मल व्यक्तित्वका धनी महाकवि लक्ष्मीप्रसाद देवकोटाका बहुमूल्य कृति-रत्नहरू मध्ये एक हो- 'लक्ष्मी गीति-सङ्ग्रह ।

NRs 215 Out of stock
1
Inside Kathmandu Valley: 1 days Outside valley: 3 days
Share

निर्मल व्यक्तित्वका धनी महाकवि लक्ष्मीप्रसाद देवकोटाका बहुमूल्य कृति-रत्नहरू मध्ये एक हो- 'लक्ष्मी गीति-सङ्ग्रह ।

विभिन्न कालखण्डमा लेखिएका ७६ वटा गीतहरूको यो सँगालोले उनको तात्कालीन परिस्थिति र मनस्थिति उद्घाटन गर्छन् । कतै मधुरसपान गर्न बसेका बेलाको रूमानी क्षण भेटिन्छ त कतै मधुवालाहरूको रोमान्टिक बयान । कतै शोषक-उद्योगपतिहरूको उछित्तो काढ्छन् भने कतै किसानको बयान गरेर भावुक पार्छन् । राष्ट्रप्रतिको प्रेमचाहिँ जुन कुनै गीतमा छचल्किएको छ ।

यसमा सङ्कलित धेरैजसो गीतहरू लोक-लयबद्ध छन् । गायनका दृष्टिले असजिलाजस्ता लागे पनि विचार र भावका दृष्टिले गहन् छन् । सामालोचक डा. चूडामणि बन्धुकै शब्दमा- 'कुनै गीतमा हुरीको बेग छ भने कुनैमा समुद्रको गाम्भीर्य, कुनैमा समस्त-क्लिष्ट शब्दावलीको प्रयोग छ भने कुनैमा सरल शब्दावलीको '

Title
Laxmi Geeti-Sangraha | लक्ष्मी गीति-सङ्ग्रह
Author
Laxmi Prasad Devkota
ISBN
9789937712415
Language
Nepali
Published
1992
Publication
Manjari Prakashan
Pages
160
Category
कविता/गीत/गजल