Delivery across Nepal · नेपालभर डेलिभरी
मुक्त आवाज। Mukta Aawaj
राजनीति/समाज

मुक्त आवाज। Mukta Aawaj

Mukta Aawaj

सन् २०१९ को रामोन म्यागासेसे पुरस्कार पाएका रवीश कुमार प्रसिद्ध टेलिभिजन प्रस्तोता, पत्रकार एवं लेखक हुन् । उनी भारतीय समाज, राजनीति र संस्कृतिका बहसलाई निरन्तर नागरिकसामू राख्ने निडर पत्रकार मानिन्छन् । हाल एनडीटीभी इन्डियाका वरिष्ठ कार्यकारी सम्पादक रहेका रवीशलाई सन् २०१६ मै द इन्डियन एक्सप्रेसले 'सय प्रभावशाली भारतीय को सूचीमा समेटेको थियो । इमानदारी र निर्भीकता उनका चिनारीका चुली हुन् । प्रस्तुत पुस्तकमा भारतीय राजनीति, पत्रकारिता, सिनेमा, धार्मिक विषयवस्तुबारे लेखकका सात थान तीखा, आलोचनात्मक र निबन्धात्मक टिप्पणी रहेका छन् । उनको पहिलो सरोकार प्रश्न गर्ने नागरिक उत्पादनमै छ । हरेक निबन्धमा आम मानिसको वास्तविक जीवनसँग जोडिएका समस्या उठाइएको छ । फर्जी समाचार, इतिहास र बहस छोडेर सत्यको गवेषणा गर्ने उनको प्रयास छ । उनले टीआरपीको अन्धाधुन्ध दौडमा सामेल भारतीय मिडियाको चिरफारलाई निष्ठा र इमानदारीका साथ प्रस्तुत गरेका छन् । भारतमा विद्यमान सञ्चार क्षेत्र, सामाजिक सञ्जाल, प्रायोजित मिडिया लगायत राष्ट्रवादका कृत्रिम समस्याबारे रवीश आवाजविहीनको आवाज बनेका छन् ।

NRs 320 Out of stock
1
Inside Kathmandu Valley: 1 days Outside valley: 3 days
Share

Title
मुक्त आवाज। Mukta Aawaj | Mukta Aawaj
Author
रविश कुमार
Language
Nepali
Publication
Sangrila Books
Category
राजनीति/समाज