Delivery across Nepal · नेपालभर डेलिभरी
पथेर । Pather
कथा

पथेर । Pather

Pathera
Written by Shyam Shah
Publisher Phoenix Books
Year 2021
Pages 115

श्याम साह नेपाली आख्यानमा समाजशास्त्री लेखक हुन् । पहिलो कृति 'अब्बा' कथा-सङ्ग्रह मार्फत् नै अब्बल उपस्थिति जनाइसकेर नेपाली प्राज्ञिक क्षेत्रमा हस्तक्षेप गरिसकेका उनी नेपाली समाजमा अपुरा बनाइएका, ठानिएका मानिसहरूका कथा लेख्छन् । उनका कथाहरूले नेपाली साहित्यमा मधेसको राजनीतिक सौन्दर्यबोध गराउँछन् ।

NRs 350 Out of stock
1
Inside Kathmandu Valley: 1 days Outside valley: 3 days
Share

श्याम साह नेपाली आख्यानमा समाजशास्त्री लेखक हुन् । पहिलो कृति 'अब्बा' कथा-सङ्ग्रह मार्फत् नै अब्बल उपस्थिति जनाइसकेर नेपाली प्राज्ञिक क्षेत्रमा हस्तक्षेप गरिसकेका उनी नेपाली समाजमा अपुरा बनाइएका, ठानिएका मानिसहरूका कथा लेख्छन् । उनका कथाहरूले नेपाली साहित्यमा मधेसको राजनीतिक सौन्दर्यबोध गराउँछन् ।

पथेरमा श्यामले अझ मसिना र मिहिन मुद्दाहरू उठाएका छन्, जसले नेपाली राजनीतिमा खास अर्थ राख्छ । खास गरी मधेस, सीमान्त मधेस र त्यस समाजको पनि पिँधमा पारिएका मानिसहरू यस कथा-सङ्ग्रहका पात्रहरू हुन् । तिनै पात्रहरू मार्फत् मधेसको सामाजिक शैलीमा कथा भन्नु, राजनीतिक बिम्बमा विषयको उठान गर्नु र प्रतिरोधी चेतना जगाउनु श्यामको लेखकीय कथाकर्म हो र यो नै उनको निजत्व हो । पथेरको सिधा अर्थ इँटा बनाउने मजदुर हो । सौन्दर्यबोधका दृष्टिमा भने पथेरले श्रमजीवी वर्ग र तिनका श्रमहरूको मूल्यदाबीसँग महत्त्व राख्छ ।

Title
पथेर । Pather | Pathera
Author
Shyam Shah
ISBN
9789937705530
Language
Nepali
Published
2021
Publication
Phoenix Books
Pages
115
Category
कथा