A Ray Of Light In The Himalayas
NRs 998
राष्ट्र-परराष्ट्र: एकतन्त्रदेखि गणतन्त्रसम्म/Rashtra Pararashtra Ektantradekhi Ganatantrasamma
Rashtra Pararashtra Ektantradekhi Ganatantrasammaअमेरिकाको विश्वविद्यालय क्लेयरमन्टमा पढिरहेका २४ वर्षे भेषबहादुर थापालाई राजा महेन्द्रले राष्ट्रिय योजना परिषद्को सदस्यसचिव बनाए । त्यसपछि उनी अर्थसचिव भए । नेपाल राष्ट्र बैङ्कका गभर्नर बने । राजा वीरेन्द्रका पालामा अर्थमन्त्रीको जिम्मेवारीसमेत पाए । ४० वर्ष नकट्दै यी महत्त्वपूर्ण जिम्मेवारी पाएका थापा पछि परराष्ट्रमन्त्री पनि बने; अमेरिका तथा भारतका लागि राजदूतसमेत भए । अझ पछि नेपाल-भारत प्रबुद्ध समूहअन्तर्गत नेपालतर्फका संयोजक बने ।
अमेरिकाको विश्वविद्यालय क्लेयरमन्टमा पढिरहेका २४ वर्षे भेषबहादुर थापालाई राजा महेन्द्रले राष्ट्रिय योजना परिषद्को सदस्यसचिव बनाए । त्यसपछि उनी अर्थसचिव भए । नेपाल राष्ट्र बैङ्कका गभर्नर बने । राजा वीरेन्द्रका पालामा अर्थमन्त्रीको जिम्मेवारीसमेत पाए । ४० वर्ष नकट्दै यी महत्त्वपूर्ण जिम्मेवारी पाएका थापा पछि परराष्ट्रमन्त्री पनि बने; अमेरिका तथा भारतका लागि राजदूतसमेत भए । अझ पछि नेपाल-भारत प्रबुद्ध समूहअन्तर्गत नेपालतर्फका संयोजक बने ।
अस्थिर परिवर्तनहरूबाट गुज्रिएको नेपालको लामो कालखण्डलाई डा. थापाले प्रत्यक्ष हेर्न र भोग्न पाए । यस पुस्तकमा उनले त्यही समयलाई पुनर्दृष्टि दिने जमर्को गरेका छन् । २००७ सालको परिवर्तन, २०१७ सालको प्रतिपरिवर्तनदेखि गणतन्त्र नेपालसम्मका राजनीतिक आरोहअवरोह, आर्थिक मामिला, परराष्ट्र नीति तथा कूटनीतिक अभ्यास जान्न पुस्तक उपयोगी छ । यो पुस्तक देशको आर्थिक, राजनीतिक र कूटनीतिक पाटाहरूको 'भित्रिया वृत्तान्त' पनि हो ।
- Title
- राष्ट्र-परराष्ट्र: एकतन्त्रदेखि गणतन्त्रसम्म/Rashtra Pararashtra Ektantradekhi Ganatantrasamma | Rashtra Pararashtra Ektantradekhi Ganatantrasamma
- Author
- भेषबहादुर थापा , हरिबहादुर थापा
- ISBN
- 9789937790116
- Language
- Nepali
- Published
- 2023
- Publication
- Fineprint Books
- Pages
- 276
- Category
- संस्मरण/जीवनी/आत्मकथा, राजनीति/समाज