Empowered and Imperiled
NRs 698
समृद्द नेपाल / Samriddi nepal
Samriddi Nepalप्रत्येक नेपालीले भनिरहेको छ— जीवन सहज बनोस् । खान–लाउन र स्वास्थ्य–शिक्षा जस्ता आधारभूत आवश्यकता पूरा गर्दागर्दै/गर्नै नपाई जीवन टुङ्गिने अवस्थाको अन्त होस् । त्यसका लागि देशमा विविधखाले समृद्धि आवश्यक पर्छ । र, यस्तो समृद्धि देशका सबै वर्ग र क्षेत्रका नागरिकबीच समानुपातिक रूपमा वितरण हुनुपर्छ । त्यो कसरी सम्भव हुन्छ ? यसबारे अनेक कोणबाट बहस भइरहेका छन् । तर विकासको अगुवाइ गर्नुपर्ने राजनीतिक दल र नेताहरुको चासो देश र नागरिकलाई समृद्धितर्फ कसरी उन्मुख गर्न सकिन्छ भन्नेमा भन्दा तत्कालीन लाभ–हानिका विषयमा हुने गरेको छ । यस्तो प्रवृत्तिमा सिर्जनात्मक हस्तक्षेप गर्ने प्रयास गरेका छन् संसदको विकास समितिका सभापति तथा युवा नेता रविन्द्र अधिकारीले । अहिलेको पुस्ताका सपनाहरु साकार पार्ने गरी नेपालको समग्र विकास कसरी गर्न सकिन्छ, यसका मुख्य अवरोध के हुन् तथा उपचार के हो भन्नेबारे उनका विचारले समृद्ध नेपालको सपना देख्नेहरुमा आशा सञ्चार गर्नेछ । यस पुस्तकले नेपालको विकास चिन्तनमा दरिलो उपस्थिति जनाउनेछ । कास्की जिल्लाको भरतपोखरी गाविस जामुनाबोटमा २०२६ सालमा जन्मेका रविन्द्र अधिकारी २०६४ र २०७० सालमा संविधानसभा सदस्यमा प्रत्यक्षतर्फ कास्की क्षेत्र नं ३ बाट निर्वाचित भएका थिए । विद्यार्थी आन्दोलनबाट अगाडि आएका उनी २०४९ मा पृथ्वीनारायण क्याम्पस, पोखरा र २०५३ मा त्रिभुवन विश्वविद्यालय केन्द्रीय क्याम्पस, कीर्तिपुरमा स्वतन्त्र विद्यार्थी युनियनको सभापति भएका थिए । उनले त्रिभुवन विश्वविद्यालयबाट व्यवस्थापनमा स्नातकोत्तर गरेका छन् । उनको संविधानसभा: लोकतन्त्र र पुनर्संरचना पुस्तक प्रकाशित छ । उनका राजनीति एवं विकाससम्बन्धी लेख विभिन्न पत्रपत्रिकामा छापिँदै आएका छन् । हाल उनी व्यवस्थापिका संसद अन्तर्गत विकास समितिका सभापति छन् ।
प्रत्येक नेपालीले भनिरहेको छ— जीवन सहज बनोस् । खान–लाउन र स्वास्थ्य–शिक्षा जस्ता आधारभूत आवश्यकता पूरा गर्दागर्दै/गर्नै नपाई जीवन टुङ्गिने अवस्थाको अन्त होस् । त्यसका लागि देशमा विविधखाले समृद्धि आवश्यक पर्छ । र, यस्तो समृद्धि देशका सबै वर्ग र क्षेत्रका नागरिकबीच समानुपातिक रूपमा वितरण हुनुपर्छ । त्यो कसरी सम्भव हुन्छ ? यसबारे अनेक कोणबाट बहस भइरहेका छन् । तर विकासको अगुवाइ गर्नुपर्ने राजनीतिक दल र नेताहरुको चासो देश र नागरिकलाई समृद्धितर्फ कसरी उन्मुख गर्न सकिन्छ भन्नेमा भन्दा तत्कालीन लाभ–हानिका विषयमा हुने गरेको छ । यस्तो प्रवृत्तिमा सिर्जनात्मक हस्तक्षेप गर्ने प्रयास गरेका छन् संसदको विकास समितिका सभापति तथा युवा नेता रविन्द्र अधिकारीले । अहिलेको पुस्ताका सपनाहरु साकार पार्ने गरी नेपालको समग्र विकास कसरी गर्न सकिन्छ, यसका मुख्य अवरोध के हुन् तथा उपचार के हो भन्नेबारे उनका विचारले समृद्ध नेपालको सपना देख्नेहरुमा आशा सञ्चार गर्नेछ । यस पुस्तकले नेपालको विकास चिन्तनमा दरिलो उपस्थिति जनाउनेछ । कास्की जिल्लाको भरतपोखरी गाविस जामुनाबोटमा २०२६ सालमा जन्मेका रविन्द्र अधिकारी २०६४ र २०७० सालमा संविधानसभा सदस्यमा प्रत्यक्षतर्फ कास्की क्षेत्र नं ३ बाट निर्वाचित भएका थिए । विद्यार्थी आन्दोलनबाट अगाडि आएका उनी २०४९ मा पृथ्वीनारायण क्याम्पस, पोखरा र २०५३ मा त्रिभुवन विश्वविद्यालय केन्द्रीय क्याम्पस, कीर्तिपुरमा स्वतन्त्र विद्यार्थी युनियनको सभापति भएका थिए । उनले त्रिभुवन विश्वविद्यालयबाट व्यवस्थापनमा स्नातकोत्तर गरेका छन् । उनको संविधानसभा: लोकतन्त्र र पुनर्संरचना पुस्तक प्रकाशित छ । उनका राजनीति एवं विकाससम्बन्धी लेख विभिन्न पत्रपत्रिकामा छापिँदै आएका छन् । हाल उनी व्यवस्थापिका संसद अन्तर्गत विकास समितिका सभापति छन् ।
- Title
- समृद्द नेपाल / Samriddi nepal | Samriddi Nepal
- Author
- रविन्द्र अधिकारी
- ISBN
- 9789937665087
- Language
- Nepali
- Published
- 2015
- Publication
- Fineprint Books
- Pages
- 257
- Category
- राजनीति/समाज