101 Neetikatha | १०१ नीतिकथा
Yambunera
याम्बुनेरयाम्बु अर्थात् काठमाण्डू । अर्थात् शासकीय दम्भको बिम्ब | यतिबेला त झन् 'नव दरबार'हरूको नक्कली रूप । दलाल पूँजीवादको कुरूप अनुहार । मानिस हुनुको संवेदना नै क्षत-विक्षत पार्ने व्यवस्थाको प्रतिरूप । जात, भाषा, संस्कृति, वर्ग, क्षेत्र वा खास नश्लका आधारमा गरिदै आएको विभेदका कारण पहिचानविहीन हुन पुगेका मानिसहरूले टाढा अनुभूत गर्ने पराइपन छ, याम्बुमा । र छ, पहुँच र प्राप्तिको निकै कठीन र कठोर दुरी । अनेकन बहानामा इतिहासदेखि वर्तमानसम्म एक अक्षर पनि सम्पादन गर्न नमानेको, राज्यसत्ताले नै 'मासिन्या' भनेर हुर्काइदिएको विभेद छ । यही विभेदमा मानिस भने सधैं सत्ताको शक्ति, रोब-रवाफको पैतालामुनि पिल्सिनु परिरहे को छँदै छ ।ती मानिस जो याम्बुका लागि केवल पिपा थिए । सत्ताको कथनमा असभ्य, गँवार थिए । काँठका अनपढका बनाइएका थिए, छन् । तिनका मेहनत र श्रम नदेख्ने, तिनलाई दास देख्ने, बनाउने तर तिनमा नागरिक नभेट्ने एकालापको कथन विरुद्ध कठोर उपस्थिति हो- बिना थिङको 'याम्बुनेर' । यो कथाकृति सत्ताबाट पिल्सिएका किनारीकृतहरूको साझा आख्यान हो । केवल साक्षी किनाराबाट गरिएको वृत्तान्त होइन, भोग्ने मानिसहरूको समय-चेतसहितको नयाँ कथन हो ।
याम्बु अर्थात् काठमाण्डू । अर्थात् शासकीय दम्भको बिम्ब | यतिबेला त झन् 'नव दरबार'हरूको नक्कली रूप । दलाल पूँजीवादको कुरूप अनुहार । मानिस हुनुको संवेदना नै क्षत-विक्षत पार्ने व्यवस्थाको प्रतिरूप । जात, भाषा, संस्कृति, वर्ग, क्षेत्र वा खास नश्लका आधारमा गरिदै आएको विभेदका कारण पहिचानविहीन हुन पुगेका मानिसहरूले टाढा अनुभूत गर्ने पराइपन छ, याम्बुमा । र छ, पहुँच र प्राप्तिको निकै कठीन र कठोर दुरी । अनेकन बहानामा इतिहासदेखि वर्तमानसम्म एक अक्षर पनि सम्पादन गर्न नमानेको, राज्यसत्ताले नै 'मासिन्या' भनेर हुर्काइदिएको विभेद छ । यही विभेदमा मानिस भने सधैं सत्ताको शक्ति, रोब-रवाफको पैतालामुनि पिल्सिनु परिरहे को छँदै छ ।ती मानिस जो याम्बुका लागि केवल पिपा थिए । सत्ताको कथनमा असभ्य, गँवार थिए । काँठका अनपढका बनाइएका थिए, छन् । तिनका मेहनत र श्रम नदेख्ने, तिनलाई दास देख्ने, बनाउने तर तिनमा नागरिक नभेट्ने एकालापको कथन विरुद्ध कठोर उपस्थिति हो- बिना थिङको 'याम्बुनेर' । यो कथाकृति सत्ताबाट पिल्सिएका किनारीकृतहरूको साझा आख्यान हो । केवल साक्षी किनाराबाट गरिएको वृत्तान्त होइन, भोग्ने मानिसहरूको समय-चेतसहितको नयाँ कथन हो ।
- Title
- Yambunera | याम्बुनेर
- Author
- बिना थिंग
- ISBN
- 9789937705516
- Language
- Nepali
- Published
- 2020
- Publication
- Phoenix Books
- Pages
- 173
- Category
- कथा