Delivery across Nepal · नेपालभर डेलिभरी
Donald Trump
संस्मरण/जीवनी/आत्मकथा

Donald Trump

डोनाल्ड ट्रप
Written by Achyut Koirala
Publisher Pachpokhari Prakashan Griha
Pages 312

रियलइस्टेट व्यवसायमा सफलता कमाएपछि ठूलो सपनाका व्यापारी भनी चिनिएका डोनाल्ड ट्रम्प अमेरिकी राष्ट्रपतिमा निर्वाचित भएपछि राजनीतिज्ञको परिचयसमेत थपेका छन् । कसैलाई विश्वास नगर र दुस्मनले एक मुक्का हान्यो भने दस मुक्का हानेर उठ्नै नसक्ने बनाउनुपर्छ भन्ने सिद्धान्त बोक्ने ट्रम्पले सधैंभरि 'लार्जर देन लाइफ जीवन बाँचेका छन् । राजनीतिका कैयौं मानक भत्काउँदै, कैयौंका अनुमानलाई लोप्पा खुवाउँदै अमेरिकाका ४५ औं राष्ट्रपति बन्न पुगेका ट्रम्प जति विवादित व्यक्ति यसअघि ह्वाइटहाउस छिरेका थिएनन् । साढे तीन हजारभन्दा बढी मुद्दामामिला बेहोरेका र अझै पनि कतिपय अदालतमा ती मुद्दा सल्टिन बाँकी रहेका ट्रम्प संसारमै सबैभन्दा बढी मुद्दामामिला फेल्ने व्यक्तिका रूपमा समेत चिनिन्छन् ।

NRs 550 Out of stock
1
Inside Kathmandu Valley: 1 days Outside valley: 3 days
Share

रियलइस्टेट व्यवसायमा सफलता कमाएपछि ठूलो सपनाका व्यापारी भनी चिनिएका डोनाल्ड ट्रम्प अमेरिकी राष्ट्रपतिमा निर्वाचित भएपछि राजनीतिज्ञको परिचयसमेत थपेका छन् । कसैलाई विश्वास नगर र दुस्मनले एक मुक्का हान्यो भने दस मुक्का हानेर उठ्नै नसक्ने बनाउनुपर्छ भन्ने सिद्धान्त बोक्ने ट्रम्पले सधैंभरि 'लार्जर देन लाइफ जीवन बाँचेका छन् । राजनीतिका कैयौं मानक भत्काउँदै, कैयौंका अनुमानलाई लोप्पा खुवाउँदै अमेरिकाका ४५ औं राष्ट्रपति बन्न पुगेका ट्रम्प जति विवादित व्यक्ति यसअघि ह्वाइटहाउस छिरेका थिएनन् । साढे तीन हजारभन्दा बढी मुद्दामामिला बेहोरेका र अझै पनि कतिपय अदालतमा ती मुद्दा सल्टिन बाँकी रहेका ट्रम्प संसारमै सबैभन्दा बढी मुद्दामामिला फेल्ने व्यक्तिका रूपमा समेत चिनिन्छन् ।

हामीले उनको जीवनी किन पढ्ने त ? चाहे कुनै चर्चित व्यक्तिको जीवनी होस् या गुमनाम व्यक्तिको, मान्छेको भोगाइ जत्तिको रोचक कुरा संसारमा कुनै छैन । न्युयोर्क टाइम्सले बारम्बार लेखेजस्तो ट्रम्प खराब होलान्, वासिङ्टन पोस्टले भनेजस्तो उनको बोलीको ठेगान नहोला, मनोविज्ञहरूले भनेजस्तै मनोरोगी र आत्ममुग्ध (नार्सिसिस्ट) होलान्, ती सबै कुराभन्दा बढी उनी कर्मशील व्यक्ति हुन् । उनले आफ्नो बदनामीका बेला, कंगालीका बेला, रहरका बेला या बाध्यताका बेलामा पनि निरन्तर आफ्नो कर्म छाडेनन् । उनको कर्मको निरन्तरता ७० वर्षको उमेरमा पनि छुटेको छैन । झन् यो बेला त उनी अमेरिकी जनताको तारनहार बनेर सर्वोच्च पदमा उक्लिएका छन् । उनीजस्ता व्यक्ति संसारमै दुर्लभ भेटिन्छन् । यो जीवनी त्यही दुर्लभताको उदाहरण हो । ट्रम्पलाई नजिकबाट चिन्न चाहनेहरूका लागि एउटा रोचक खुराक ।

Title
Donald Trump | डोनाल्ड ट्रप
Author
Achyut Koirala
ISBN
9789937893879
Language
Nepali
Publication
Pachpokhari Prakashan Griha
Pages
312
Category
संस्मरण/जीवनी/आत्मकथा