डबली / Dabali
NRs 400
Purwa Katha
पूर्व कथाबबरजङ सिकुवामा उल्ट्याएर राखेको हाँडी जस्तो छ, त्यहाँभित्र खानेकुरा छ कि भनेर चियाउली जस्ती सुधा छ । मेरा कुराको चुबुर्को राख्ने पात्र पनि भएन । म यस धरतीमा कहिल्यै पैदा पनि भएको थिएँ भन्ने कुराको द्योतक वस्तु के छ ? मानौ विक्रमको कानमा कसैले साउती मारेको होस्, "तिम्रो अस्तित्व अनुमान लगाउने हेतु ! पुत्र छँदैछ नि !", यो सुनेर उनी आफ्नो खिल्ली आफैं उडाए झै हाँसिदिन्थे । हो त नि, कसैको अस्तित्व धानिदिने अभिप्रायका लागि त सन्तति हो नि, सबैको इतिहास त कहाँ हुन्छ र ! जसले अतिमानवीय या अमानवीय काम गर्न सक्तैन त्यो त मानवमात्र भयो, मानवको इतिहास त कहाँ लेखिन्छ र !
बबरजङ सिकुवामा उल्ट्याएर राखेको हाँडी जस्तो छ, त्यहाँभित्र खानेकुरा छ कि भनेर चियाउली जस्ती सुधा छ । मेरा कुराको चुबुर्को राख्ने पात्र पनि भएन । म यस धरतीमा कहिल्यै पैदा पनि भएको थिएँ भन्ने कुराको द्योतक वस्तु के छ ? मानौ विक्रमको कानमा कसैले साउती मारेको होस्, "तिम्रो अस्तित्व अनुमान लगाउने हेतु ! पुत्र छँदैछ नि !", यो सुनेर उनी आफ्नो खिल्ली आफैं उडाए झै हाँसिदिन्थे । हो त नि, कसैको अस्तित्व धानिदिने अभिप्रायका लागि त सन्तति हो नि, सबैको इतिहास त कहाँ हुन्छ र ! जसले अतिमानवीय या अमानवीय काम गर्न सक्तैन त्यो त मानवमात्र भयो, मानवको इतिहास त कहाँ लेखिन्छ र !
- Title
- Purwa Katha | पूर्व कथा
- Author
- राजेश्वर देवकोटा
- ISBN
- 9789937918664
- Language
- Nepali
- Published
- 2018
- Publication
- Lipi Books
- Pages
- 184
- Category
- उपन्यास